कृत्तिम तालमा डुङगा सैरमा युवाहरु दंङग

घोराही उपमहानगरपालिकाले सिंचाईको निर्माण गरेका कृत्तिम ताल सिंचाई र माछा पालन मात्र होईन पर्यटकको गन्तब्य स्थल बनेका छन् ।
वडा नम्वर १ र २ मा प्रदेश ५ सरकार र  उपमहानगरको लगानीमा निर्माण भएर्को चेपे ताल सिंचाई, माछा पालनको लागी मात्र नभइ आन्तरिक पर्यटकिय गन्तव्य बन्दै गएको छ । २  वर्ष पहिले स्थानिय  सिंचाईको लागी चेपे सोतामा ड्याम बाँधेर ताल बनाएका थियो । 
पछि प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहकार्यमा निर्माण सुरु गरिएको चेपे तालमा अहिले सम्म २ करोड भन्दा बढि  खर्च भएको उपमहानगरले जनाएको छ । ती तालहरुमा स्थानिय पर्यटकहरु रमाउन जाने गरेका घोराही १५ का विमल केसीले बताउनुभयो । 
घोराही १५ का समिर भण्डारीले ताल पर्यटकिय केन्द्रका रुपमा जाने भन्दै डुङगा (बोट) हरु थप्नु पर्ने र सरसफाईमा ध्यान दिए राम्रो हुने बताउनुभयो ।
प्रदेश ५ सरकारको ५० लाख र घोराही उपमहानगरले रकम थप गरि यो ड्याम निर्माण गरि ताल बनाइएको हो । ८ विगाहा क्षेत्रफलमा फैलिएको ताललाई बहुउद्धेश्य बनाउने प्रदेश सरकारको योजना अनुसारको काम भैरहेको छ । 
यो ताल अहिले बोटिङ गर्नेहरुको स्थल मात्रै बनेको छैन, यहाँ २३ हजार भन्दा बढि माछाका भुरा हालिएको छ, भने यसै तालबाट बगेको पानीले खेतियोग्य जमिन सिचित भैरहेको ताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं घोराही उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेले बताउनुभयो
ताललाई आम्दानीको स्रोत बनाउने, कृषिमा व्यवसायीककरण गराउने, माछा पालन गर्ने र डुंगामा सयर गराई मनोरन्जन सँगै आन्दानीमा केन्द्रित गराउने गरी स्थानियहरुलाई नै सञ्चालनको जिम्मेवारी दिईएको उपमहानगरपालीकाले जनाएको छ ।
४ लाख २५ हजार घनमिटर पानी र १५ मिटर गहिराई रहेको ताललाई बहुउपयोगी बनाउने काम भैरहेको छ । 
बोटिङ तथा अन्य काम बाट भएको आम्दानीबाट २० प्रतिशत उपमहानगरलाई जाने र ८० प्रतिशत कर्मचारी ब्यबस्थापन गर्ने ताल बनाउदा डुवानमा परेका जग्गाधनी लाई क्षेतिपुर्ति दिने र कोरोना भाइरसबाट बच्न सुरक्षा तथा स्वास्थ्य सामग्री खरिद गर्नको लागि प्रयागे गरीने र पुरा नभएका ब्यबस्थापनका काम गरीने बोट संचालक समितिका संयोजक बिपदराम चौधरीले बताउनुभयो ।
पानीका श्रोतहरु सुक्दै गएको दाङमा पानी बचाउ अभियानमा लागेको घोराहि उपमहानगरपालिकाको काम निकै सराहनिय छ । जसबाट नागरिकहरुलाई सिंचाईको लागी सहज भएको छ ।

प्रतिकृया दिनुहोस