दाङका ६ जना सहित बितेको २४ घण्टामा संक्रमितको थप संख्या ११२० जना

विगत २४ घण्टामा दाङका ६ जना सहित नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप १हजार १ सय २० जनामा देखिएको छ ।  सङ्क्रमितमध्ये ३ सय २० जना महिला र ८ सय जना पुरुष छन् । १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
मृतकमध्ये छिमेकी जिल्ला कपिलबस्तुका १ जना, काठमाण्डू उपत्यकाका दुई महिला र दुई पुरुष तथा चितवनका दुई महिला छन् । त्यसैगरी तनहुँ, बारा र धादिङका एक÷एक जनाको पनि निधन भएको   छ । यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सख्या २५१ पुगेको छ ।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८ हजार १ सय ८ सङ्क्रमित भएको जानकारी दिनुभयो ।
बिभिन्न जिल्लमा ७ हजार ६ सय १५ जना घरमै र १० हजार ४ सय ४३ जना संस्थागत आइसोलेशनमा छन् ।
डा. गौतमका अनुसार ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० जनाभन्दा बढी भएका जिल्लामा बन्दाबन्दी (लकडाउन) लगाउन मन्त्रालययले सिफारिस गरेको छ । अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन् ।
नेपालमा कोरोनाभाइरसको खोपको तत्काल परीक्षण नहुने गौतमले बताउनुभयो ।
                           आईसीयू प्रयोग बिहीनको अबस्थामा प्रतिष्ठान
बैशाख ३१ गते उद्घाटन गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू प्रयोग विहीन अवस्थामा रहेको छ ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले तामझामका साथ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित आइसीयू कक्षको उद्घाटन गर्नुभएको थियो । 
दाङसहित छिमेकी जिल्लाका बिरामीलाई सहज सेवा दिने उद्देश्यले स्थापना गरिएको आईसीयू अहिले सम्म प्रयोग भएको छैन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ मात्रको नभइ छिमेकमा रहेका पहाडी जिल्लाहरुको समेत पायक पर्ने अस्पताल हो । यहाँ दाङसहित रोल्पा, प्यूठान, सल्यान, रुकुमबाट समेत बिरामी उपचारका लागि आउने गर्छन् । 
गम्भीर प्रकृतिका बिरामी र उनका आफन्तलाई सहज होस् भन्ने उद्देश्यले १० बेडको आइसीयू स्थापना भएको हो । तर प्रतिष्ठानको आईसीयू प्रयोग नहुँदा यहाँका बिरामीहरुलाई बुटवल, नेपालगञ्ज वा काठमाण्डौ रेफर गर्नुु परेको छ ।
प्रतिष्ठानले आईसीयू सञ्चालन हुन नसक्नुमा सरकारलाई दोष दिन्छ । आईसीयू सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र त्यो जनशक्ति जुटाउन सरकारले सहयोग गर्नु पर्ने प्रतिष्ठानको भनाइ छ ।
                                          प्रादेशीक अस्पतालको ओपिडी सेवा बुधबारदेखि सूचारु 
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आज बुधबारबाट ओपिडी (बहिरंग) सेवा सुरु गरिएको छ । अस्पतालमा कार्यरत २ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि १३ गतेदेखि ओपिडी सेवा बन्द गरिएको थियो ।
अस्पतालले सबै सेवा सुचारु गरेपछि आजदेखि बिरामीहरु उपचारका लागि आउन थालेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डा. पदमराज अधिकारीले जानकारी दिनुभयो ।
ओपिडी, ईमरजेन्सी र प्रसुती सेवा का लागी बिरामी आइसकेको र चेकजाँच र अप्रेसन समेत सुरु भइसकेको डा.अधिकारीले जानकारी दिनुभयो ।
                                           क्वारेन्टाईन माबि बालापुरमा पुन सञ्चालन
तुलसीपुर उपमहानगरपालीका–२ बालापुरमा रहेको क्वारिन्टीन पुनः सञ्चालनमा ल्याईएको छ । 
गत बैशाख १२ गते बाट सञ्चालनमा ल्याएको क्वारिन्टीन असार १० गते बन्द गरिएको थियो । उक्त अवधिमा ८० जनालाई राखिएको थियो । राखिएका मध्ये ३ जना पोजेटीभ र अन्यको नेगेटिभ आएको थियो ।
अहिले उक्त क्वारेन्टाईनमा १२ जनालाई राखिएको छ । भारत बाट फर्केका ब्यक्तिहरुलाई राखिएको अ.हे.ब. रोम हर्ष के.सी.ले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस