गत १ बर्षमा ५३ मुद्धा दर्तामा गढवाले ३४ फछयौट

गढवा गाँउपालिकाको न्यायीक समितिमा आर्थिक वर्ष बर्ष २०७६÷७७ मा ५३ वटा मुद्धा दर्ता भएकामा ३४ बटा मुद्धा फछ्र्यौट भएका छन् । जसमध्ये गत आर्थिक बर्षका १६ र चालु आर्थिक आर्थिक बर्षका १८ गरि ३४ वटा न्यायीक समितिले फछ्यौट गरेको  ।
आर्थिक बर्ष २०७४।०७५ मा गढवा गाँउपालिकाको न्यायीक समितिमा ६५ वटा मुद्धा दर्ता भएको न्यायिक समितिका संयोजक शान्ति चौधरीले जानकारी दिनुभएको छ ।  जसमा ४० वटा मुद्धा फच्यौट भएको ,५ वटा ईलाका प्रहरी कार्यालय गढवामा पठाएको, १० वटा प्रक्रियामै रहेको,५ वटा सम्पर्कमा नआएको, र ५ वटा जिल्ला अदालत घोराहीमा पठाएको न्यायीक समितिले जनाएको छ । 
त्यसैगरी गत आर्थिक वर्ष २०७५।०७६ मा १ सय २४ वटा मुद्धा दर्ता भएकोमा ६५ वटा फच्यौट  भएका छन् । 
जसमा रकम लेनदेनको २१ वटा मुद्धा दर्ता भएको मा १५ वटा मिलापत्र भएको ,जग्गा विवाद ३४ वटा मुद्धा मध्ये २५ वटा मिलापत्र भएको , जग्गा लेनदेन १५ वटा मुद्धा दर्ता भएकोमा ११ वटा मिलापत्र भएको ,सम्पत्तिमाथि हक दावीमा ५ वटा मुद्धा दर्ता भएकोमा सबै मिलापत्र भएको , श्रीमानको नाममा नागरीकता बनाउन परेको निवेदन ३ वटा , २ वटा मिलापत्र भएको , सम्बन्ध विच्छेद ५ वटा मुद्धा दर्ता भएकोमा सबै मिलापत्र भएको , माना भराई,बच्चाको पढाई खर्च सम्बन्धि २ वटा मुद्धा दर्ता भएकोमा २ वटै मिलापत्र भएको न्यायीक समितिले जनाएको छ । 
मिलापत्र हुन बाँकि ९ वटा प्रहरी कार्यालयमा , ५ वटा मालपोत कार्यालयमा, १ वटा जिल्ला प्रशासन कार्यालयमा ,१ वटा अदालतमा मिलापत्र भएकाmे १ वटा बैंक खातामा रोक्का राखिएको र ४२ वटा प्रक्रियामै रहेको न्यायीक समितिले जनाएको छ । 
त्यसैगरी आर्थिक वर्ष २०७६।०७७ मा ५३ वटा मुद्धा दर्ता भएका छन् । जसमा विवाह सम्बन्धि १६ मुद्धा दर्ता भएकोमा १० वटा फच्यौट भएको , सार्वजनिक जग्गा विवाद ५ वटा दर्ता भएको १ जटा फच्यौट, रकम लेनदेन सम्बन्धि १७ वटा दर्ता ५ वटा फच्यौट ,त्यसैगरी गग्गा सिमाना विवाद १२ वटा दर्ता ५ वटा फच्यौट , अंश विवाद १५ वटा दर्ता ८ वटा फच्यौट र विधिमा १२ वटा दर्ता भएकोमा ५ वटा फच्यौट भएको  संयोजक शान्ति चौधरीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस