लकडाउनमा कडाई,जि.प्र.का.मा कोरोना संक्रमण,अस्पताल भोलीदेखि सूचारु

लकडाउनका कारण जिल्लाका मूख्य बजार सुनसान बनेका छन् । तुलसीपुर,घोराही,लमही, हापुरे, भालुबाङ, बिजौरी, नारायणपुर,गढवा लगायतका बजार सुनसान बने हुन ।
भदौ १५ देखि २१ गते राती १२ बजेसम्म गरिएको लकडाउनमा नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रशासनले अपिल गरेको छ । 
अत्यावश्यक काम बाहेक घर बाहिर निस्केमा प्रहरीले होल्डमा राखेर छोड्ने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिनुभयो ।
लकडाउनलाई बेवास्ता गरि हिड्ने कम्तिमा डेढ सय जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले कारर्बाही गरेको छ । प्रहरी नायव उपरिक्षक सिंहका अनुसार तुलसीपुरमा एक सय ४३ जनालाई झण्डै २ घण्टा सडकमा सजाय बाफत घाममै उभ्याएको थियो । लकडाउनलाई बेवास्ता गरि हिड्नेलाई कारर्बाही गर्ने ब्यबस्था समेत कानुनमा गरिएको छ ।
              
                       अस्पताल भोलीदेखि सूचारु
राप्ती प्रादेशिक अस्पतालले भोली बुधबार देखि ओपिडी(बहिरंग) सेवा पुन सुचारु गर्दैछ ।
उक्त अस्पतालमा कार्यरत २ जना चिकित्सक सहित ९ जनामा कारोना संक्रमण पुष्टि भएपछि १३ गतेदेखि अस्पताल सिल गरिएको थियो ।
तर सोमबार बेलुकी पाँच बजेदेखि देखि अस्पतालले आपतकालिन र प्रसुती सेवा सुरु गरेको थियो ।
१४ गतेका दिन अस्पतालमा २५० जनाको पीसिआर टेस्ट गरिएको मध्ये २४५ जनाको कोरोना नेगेटिभ आएको छ । 
आत्तिहाल्नु पर्ने अबस्था नदेखिएकाले भोली बुधबार बाट अस्पतालले ओपिडी (बहिरंग) सेवा सुरु गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 
मंगलबारसम्म अस्पतालमा कार्यरत चिकित्सक सहित ११ जनामा कोरोना पुष्टि भएपनि उनिहरुलाई आइसोलेसनमा राख्ने कामदेखि अस्पतालमा सेनिटाईजर छिट्ने र अन्य सबै कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ओपिडी सेवा सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा. पदमराज अधिकारीले जानकारी दिनुभयो । 
ओपिडी सुरु भएसंगै अघिपछिको जस्तै सामान्य बिरामीले पनि अस्पतालमा पुगेर उपचार सेवा र परामर्श लिन सक्ने अस्पतालले जनाएको छ ।
अस्पतालमा चिकित्सक, नर्स, अहेव, ल्याव टेक्निसियन सहित १ सय ५८ जना कर्मचारी कार्यरत रहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।
      
             मंगलबार दाङमा १३ जना संक्रमित
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेको छ । गएको २४ घण्टामा दाङका १३ जना समेत गरि १ हजार ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार एक सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 
अब नेपालमा १८ हजार एक सय १२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ९० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 
यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको छ ।
दाङमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा कोरोना संक्रमितको संख्या झण्डै ८ सय पुगेको छ । कोरोनाका फोकल पर्सन कमल चन्दका अनुसार हाल सम्म दाङमा संक्रमित ७ सय ८९ जना पुगेका छन् । 
तुलसीपुरमा ४ जना संक्रमित थपिएसँगै अहिले तुलसीपुुरमा संक्रमितको संख्या १०१ पुगेको छ ।
संक्रमित मध्ये अहिलेसम्म ७८ जना निको भएर घर फर्किएका छन् भने १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । तुलसीपुरमा अहिले १८ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म २ हजार ७ सय ५७ जनाको पिसिआर परिक्षण गरिएको छ भने अहिले ४८४ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको उक्त परिक्षणमा छिमेकी जिल्ला बाँकेका २४,बर्दियाका ४, र दाङका ५ गरि ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।

                               जि.प्र.का.मा कोरोना संक्रमण

दाङमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा समेत कोरोना संक्रमण देखीएको छ ।
एक कर्मचारीमा कोरोना देखीएको कार्यालयले सुचना जारि गरि पुष्टि गरेको छ ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने शान्ती सुरक्षा र मुद्धा लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा अर्को सुचना जारी नभएसम्मका लागी बन्द गरिएको जनाईएको छ ।
बुधवार देखी ती सेवा बन्द हुनेछ प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको हस्ताक्षरितद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । ती कर्मचारीमा कोरोना संक्रमण देखीएको हो । जिल्ला प्रशासन कार्यालय स्रोत अनुसार उनी बिदामा बसेको समयमा चितवन गएको र त्यहि कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
उता,प्रदेश नं ५ को बुटवलस्थित इलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो हप्ता १३ थुनुवामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरीको पीसीआर परीक्षण भएको थियो ।
स्वाब संकलन गरेर पठाइएका मध्ये हिजो सोमबार अबेर गरी १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्कबहादुर खत्रीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस