राप्ती गाउँपालिकाको न्यायीक समितिमा एक वर्षको अबधिमा ४२ वटा मुद्धा दर्ता

राप्ती गाउँपालिका दाङको न्यायीक समितिमा आर्थिक वर्ष २०७६।७७ को एक वर्षको अबधिमा ४२ वटा मुद्धा दर्ता भएका छन् । जसमा जग्गा भोगचलन १० ,बाटो विवाद २ ,रकम लेनदेन ४,कुलो पानि ३ ,श्रीमान श्रीमति १० , गाली बेईजती ३ , सम्बन्ध विच्छेद १ ,बहु विवाह १ ,अन्य  ८ गरी जम्मा ४२ वटा मुद्धा दर्ता भएको न्यायीक समितीका संयोजक जगदम्बा चौधरीले जानकारी दिनुभएको छ । 
त्यसैगरी ३३ वटा मुद्धा मिलापत्र भएको र ९ वटा मिलाउन बाँकी रहेको छ । जसमा जग्गा भोगचलन ६ वटा मेलमिलाप भएको र ३ वटा मिलाउन बाँकी अदालतमा सिफारिस गरेको , बाटो बिबाद २ वटा मिलाएको , रकमल लेनदेन ३ वटा मेलमिलाप भएको र १ वटा मिलाउन बाँकी प्रहरी कार्यालयमा पठाएको , कुलो पानी ३ वटा मिलाएको ,श्रीमान श्रीमति ५ वटा मिलाएको र ५ वटा मिलाउन बाँकी अदालतमा र प्रहरी मा पठाएको , गाली बेईजती ३ वटा मिलाएको, सम्बन्ध विच्छेद १ वटा मिलाएको रअन्य ८ वटा पनि मिलापत्र भएको कार्यालयले जनाएको छ । 
आर्थिक वर्ष २०७४।०७५ मा न्यायीक समितिमा २३ वटा मुद्धा दर्ता भएको न्यायीक समितीले जनाएको छ । जसमा जग्गा भोगचलन ७ , बालि नाली नोक्सान २ वटा , रकम लेनदेन ८,श्रीमान श्रीमति २ ,धनमाल ३ , रगाली बेईजती १ वटा गरी २३ वटा मुद्धा दर्ता भएको थियो । 
जसमा १३ वटा मुद्धा मिलापत्र भएको र १० वटा मिलाउन बाँकि रहेको कार्यालयले जनाएको छ । जग्गा भोगचलन ३ वटा मेलमिलाप भएको ,४ वटा मेलमिलाप नभएको र अदालतमा सिफारिस गरीएको , बालि नाली नोक्सान १ वटा मेलमिलाप भएको ,१ वटा मेलमिलाप नभएको प्रहरीमा सिफारिस गरीएको , रकम लेनदेन ४ वटा मेलमिलाप भएको ,४ वटा प्रहरी कार्यालय र अदालतमा सिफारिस गरीएको , श्रीमान श्रीमति २ वटा मुद्धा दर्ता भएकोमा दुई वटै मेलमिलाप भएको छ  । 
त्यसैगरी मेलमिलाप भएका मुद्धाामा धनमाल २ वटा मेलमिलाप, १ वटा मेलमिलाप हुन बाँकी रहेको प्रहरी कार्यालयमा सिफारिस गरिएको,गाली बेईजती १ वटा भएका छन् ।
 

प्रतिकृया दिनुहोस