दाङमा पुन ः लकडाउन शुरु । टोल बस्ती सुनासान

कोरोना संक्रमण बढ्दै गएपछि आईतबार मध्यरातरात देखि दाङमा पून लकडाउन शुरु गरिएको छ । चैत ११ गतदेखि शुरु भएको लकडाउन साउन ७ गते सम्म लागु भएको थियो । त्यसपछि खुल्ला भएको जनजिवनमा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला पर्न थालेपछि पुन निषेधाज्ञा लागु भएको थियो । चिकित्सक,स्वास्थ्यकर्मी,घरमै बसेका मानिसमा समेत कोरोना भाईरस संक्रमण ब्यापक रुपमा भएपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन गरिएको हो ।
गयराती १२ बजेदेखि २१ गते राती १२ बजेसम्म लकडाउन गरिएको छ भने लकडाउन अवधिमा अत्याश्यक बाहेक सेवाहरु पूर्ण रुपमा बन्द गरिएका । लकडाउनमा एम्बुलेन्स, दमकल, प्रेसका सवारी साधन बाहेक अन्य सवारी साधन चल्न पाउने छैनन् ।
लकडाउनका क्रममा कुनै पनि नागरिक अत्यावश्यक काम बाहेक अन्य कामका लागि बाहिर निस्कन पाएका छैनन् । टोल बस्ती सुनसान देखिन्छन् ।
दाङमा हालसम्म ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । तुलसीपुरमा शनिबार २ सय ३४ र आईतबार २ सय ५० गरि स्वावको रिपोर्ट आउन बाँकी ४ सय ८४ जनाको बाँकी रहेको तुलसीपुरका फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ ।
  
       तुलसीपुरमा संक्रमित संख्या  ९४ हाल सकृय केस १८ 
नेपालगञ्जमा थप उपचारका लागि पठाईएका तुलसीपुर उपमहानगपालिका वडा नम्वर १३ का ४७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी संगै  तुलसीपुरमा संक्रमित संख्या  ९४ पुगेको छ । हाल सकृय केस १८ रहेको छ । 
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा कोभिड फोकल पर्सन बिमल केसीलाई  सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यी मध्य ५ जना होम आईसोलेसनमा रहेका छन । यी सवैमा कसैमा पनि लक्षण देखियको छैन । सैगरि सोमबार १ जना कोरोना अस्पतालको आईसोलेसनवाट डिस्चार्ज हुनु भएको छ ।
तुलसीपुरमा सोमबार राप्ति प्रादेशिक अस्पतालमा कन्ट्याक्ट ट्रेसिंग मा परेका चिकित्सक, स्वास्थ्य कर्मी, कर्मचारी ,विरामी  व्यावसायी  गरि जम्मा २५०जनाको स्वावको संकलन गरि नेपालगन्ज पठाईएको छ । यो संगै हालसम्म पिसिआर परिक्षण २७ सय ५७ जनाको भैसकेको छ । 
त्यस्तै राप्ति प्रादेशिक अस्पतालमा सिल भएपछि तुलसीपुरका नीजि अस्पताले सरकारी अस्पतालको सरह सुविधा तथा सेवा र रकममा सेवा दिने प्रतिबद्धता सहित सेवा प्रदानको शुरुवात गरेका छन ।
जसमा  अस्पतालहरुले सुत्केरी लगायतका सेवा दिने प्रतिबद्धता जाहेर गरेका हुन ।
सोही अवसरमा नगर प्रमुख घनश्याम पाण्डे द्वारा अस्पतालमा अवलोकन गर्नुभएको थियो ।
भदौ ११ गते लिएको समुदाय स्तरको २ सय ३४ जनाको स्वावको रिपोर्ट आउन वाकी रहेको छ । तुलसीपुरमा थप क्वारेन्टाइन आईसोलेसनका लागि कर्मचारी व्यवस्थापन गर्ने तयारी भैरहेको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । 
समुदाय स्तर र अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी हरुको स्वाव रिपोर्ट आएपछि थप स्वास्थ्य चौकीमा रहेका स्वास्थ्यकर्मीहरुको ५० प्रतिसत स्वास्थ्य कर्मी हरुको स्वाव लिने तयारी भएकोले स्वास्थ्यकर्मीहरुलाई व्याक अपमा  राखेर र स्वाव परिक्षण गर्ने व्यवस्था मिलाउन नगरप्रमुख पाण्डेले आग्रह गर्नुभएको छ ।
त्यस्तै आज सोमबारदेखि देखि लकडाउन शुरु भएकोले सवै स्वास्थ्य कर्मी हरुले परिचय पत्र  र ड्रेसमा  हिड्न आग्रह छ । 
आईतबार क्वारेन्टाइनमा २ महिला  र १० पुरुष सहित १२ जना क्वारेन्टाइनमा रहेका छन । 

         भदौ मसान्तसम्म अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान नखुल्ने 
अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखुल्ने भएका छन् । भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म सरकारले लम्ब्याएको छ ।
यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो । 
त्यसको दुई दिनघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो ।
यस्तै विद्यालय र कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय आईतबार सरकारले गरेको छ ।
अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । 
सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो । 
एक मन्त्रीले दिएको जानकारी अनुसार अब  कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहन्छ भने ५०० को कोटाभन्दा बाहिर पनि ल्याउन दिइनेछ ।
साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णयसमेत भएको छ । 

प्रतिकृया दिनुहोस