संकटमा चलचित्र हल 



भाद्र १४  ।  कुनै समय अत्यधिक चर्चामा रहेको दाङको सवै भन्दा पुरानो (पहिलो) सिनेमा हल निमा चलचित्र हल अहिले सुनसान वनेको छ । विसं २०४२ सालमा दाङको घोराहिमा ६५ लाखको लगानिमा पहिलो पटक निमा चलचित्र हल सञ्चालनमा आएको थियो । दङगालीवासी साथै आसपासका जिल्लावासीहरुको माग लाई मध्येनजर गर्दै पहिलो पटक दाङको घोराहिमा सो हल सञ्चालनमा आएको हो । हलले केहि वर्ष धेरै राम्रो चर्चा समेत वटुलेको थियो भने आम्दानी पनी समय अनुसार राम्रै गर्न सफल भएको थियो । 
४ सय ४९ सिट क्षमता भएको हलमा चलचित्र हेर्ने दर्शकहरुको निकै भिड हुनेहँुदा दर्शक लाई मध्येनजर गर्दै शनिवार ४ सो र अन्य दिन ३ सो सम्म चलचित्र सञ्चालन गर्ने गरेको हल सञ्चालक सन्तोष रेग्मीले स्मरण गर्नुभयो  । पहिले १०० मा १०० प्रतिशत सफल भएका सिनेमा सिनेमा हल अहिले २० प्रतिशतमा झरेका छन त्यो पनी अझ राम्रो चलेको भन्नु पर्दा दुः खका साथ रेग्मीले भन्नुभयो । अहिले प्रविधिको विकास पनी भयो सवैको हात हातमा मोवाईल, ल्यापटप, कम्प्युटर छ त्यसमा पनी सवै उच्च क्वालिटीको डिजिटल सिस्टम आईसक्यो यसकारण पनी चलचित्र हल ओझेलमा परेको उहाँले गुनासो गर्नुभयो । 
त्यसैपनी पछिल्लो समय सेलाएका सिनेमा हल कोरोना सङक्रमण संगै झनै ठप्प भएका छन । यसले आफुहरु झन मारमा परेको हल सञ्चालकहरु वताउँछन । ५ जना कर्मचारी रहेको निमा हलमा कर्मचारी को तलव, विद्युत् ,टेलिफोन सहित मासिक करिव ७० हजार खर्च हुने गरेको रेग्मीले वताउनुभयो ।
कोरोना सङक्रमण संगै भएको वन्दावन्दीका कारण हलवन्द भएसंगै सवै कर्मचारी विदामा रहेको छन । व्यापार सवै वन्द छ कहिले सम्म हो त्यो पनी थाहा छैन त्यो कारण पनी विदामा वसाउनु पर्ने हाम्रो वाध्यता हो रेग्मी ले भने स्वास्थ्य नै ठुलो कुरा हो वाँचे न व्यापार गर्ने हो उहाँले भन्नुभयो ।
त्यसैपनि पछिल्लो समय सेलाएका सिनेमा हलहरु कोभिडका कारण अहिले पुर्ण रुपमा प्रभावित भएका छन । यहि अवस्था रहिरहे सिनेमा हलको लगानि संकटमा पर्ने देखिन्छ । कोरोना सङक्रमण संगै हलहरु फागुन मसान्तदेखी प्रायः ठप्प भएका छन । यसले आफुहरु झनै मारमा परेको हल सञ्चालकहरु वताउँछन ।
यस्तै चर्चामा रहेको गणेश चलचित्र मन्दिरको पनि अवस्था उस्तै छ । २०४५ सालमा घोराहि मै सञ्चालनमा आएको गणेश हलले कुनै समय सोचे अनुरुपको व्यापार गर्न सफल भएको थियो भने हरेक नागरिकको मनमनमा वस्न सफल चलचित्र हल पनी मानिन्छ । पहिले पहिले नेपाली माटो सुहाउदो चलचित्र निर्माण हुने गरेका कारण पनी सफलता मिलेको हलका प्रवन्धक चेतन कोईरालाले वताउनुभयो । उहाँका अनुसार कुनै समय नयाँ चलचित्र आउनै नहुने दर्शकको चाप थेकि नसक्नु हल अहिले सुनसान हुँदा दुख लाग्ने गरेको उहाँले वताउनुभयो । अहिले चलचित्र पनि राम्रो खालका कमै निर्माण हुने गरेकोले यसको असर हलमा पर्न गएको र व्यवसाय प्रती खासै सन्तुष्ट हुने अवस्था नरहेको र व्यवसाय नै धरासायी हुने अवस्था छ उहाँले भन्नुभयो । 
५ सय १० सिट क्षमता भएको गणेश चलचित्र हल मा जम्मा ६ जना कर्मचारी रहेको र हालको लागी सवै विदामा रहेको उहाँले वताउनुभयो । कर्मचारीमो मासिक तलव सहित हलमा मासिक २ लाख खर्च हुने गरेको र अहिले आफुहरु झन मारमा परेको कोईरालाले वताउनुभयो ।
यसैविच तुलसिपुर क्षेत्रको पहिलो र चर्चित ओमशान्ति सिनेमा हलको पनी राम्रो चर्चा थियो । यसमा सुरुवातीमा काम गर्नेहरु अहिले प्रतिष्ठित व्यापारी भईसके तर हल कमजोर भएको छ । सो हलमा सञ्चालन हुने हरेक सिनेमाले कुनै समय सोचे भन्दा राम्रो सफलता प्राप्त गर्ने गरेका थिए । लामो समय सम्म सञ्चालनमा आएको ओमशान्ति सिनेमा हल हाल लाई प्राविधिक कारण वस केहि समय अगाडी देखी वन्द रहेको छ । 
तुलसिपुर मै रहेको अर्को पुरानो सफल चलचित्र हल विष्णु चलचित्र हलले पनि कुनै वेला आम दर्शकको राम्रो साथ पाएको थियो भने व्यापार पनि सोचे भन्दा राम्रो हुने गरेको थियो । हलमा पहिलेको तुलनामा अहिले न्युन दर्शक आउने गरेको हलका प्रवन्धक रमेश पोख्रेलले वताउनुभयो ।
भने लमहिमा रहेको सत्यसाई सिनेमा हल , भालुवाङमा रहेको जयभोले र नारायणपुरमा रहेको महाँलक्ष्मी चलचित्र मन्दिर को समस्या पनि कम छैन । खर्च वढी हुने व्यापार कम हुने गरेका कारण पनि आफुहरु मारमा पर्ने गरेको हल सञ्चालकको गुनासो छ ।
पछिल्लो समय ठुलो लगानीमा सञ्चालनमा आएका २ हल 
पछिल्लो समय दाङको घोराहिमा करिव ३ करोडको लगानीमा २ वर्ष पहिले सञ्चालनमा आएको मनकाँशी सिनेकम्प्लेक्स हल वन्द हुँदा आफुहरु निकै मर्कामा परेको सञ्चालक सुनिल राजभण्डारीले वताउनुभयो । नयाँ आधुनिक सुविधा सम्पन्न हल भएको हुदा लगानि वढी भए पनि सञ्चालन भएको ४। ५ महिना पछि वाट हलले राम्रो व्यापार गरेको वताएका राजभण्डारीले विकल्पमा सामाजिक दुरी कायम गरि स्वास्थ्य सामग्रिको प्रर्योगमा हल सञ्चालन गर्न सकिने उहाँले वताउनुभयो  । कोरोना कहर कहिले सम्म हो भन्न नसकिने अवस्थामा व्यवसाय लाई निरञ्तरता दिन सके राम्रै हुने उनको प्रतिक्रिया छ । लगानि धेरै लगायौ अहिले ठप्प छ भवन भाडामा छ कर्मचारी वेरोजगार भईसके खर्च वढि छ उहाँको गुनासो छ । सरकारले कम्तिमा पनि कर ,विद्युत टेलिफोन छुट गरिदिए सहज हुने उहाँले वताउनुभयो ।
१२ जना कर्मचारी रहेको सो हलमा अहिले २ जना मात्र रहेको र अन्य विदामा रहेको पनि उहाँको भनाई छ ।
यस्तै करिव डेढ करोडको लगानिमा घोराहिमै निर्माण गरिएको स्वर्गद्धावारी सिनेमा हलको मर्का पनि त्यस्तै भएको प्रवन्धक चेतन कोईरालाले वताउनुभयो । यो वेलामा केहि भन्न नसकिने वताउदै उनले भने पर्ख र हेरको अवस्थामा छौ त्यसैको प्रतिक्षामा छौ । एकदिन अवश्य पनि चलचित्र क्षेत्र पुरानै अवस्थामा सहज हुने छ उहाँले भन्नुभयो ।    
चलचित्र क्षेत्रमा इतिहाँस कै ठुलो धक्का ः पुर्व अध्यक्ष गिरी
अहिलेको समयमा चलचित्र क्षेत्रमा इतिहाँस कै ठुलो धक्का लागेको चलचित्र विकाश वोर्डका पुर्व अध्यक्ष अमर गिरीले वताउनुभयो । गिरीले अन्य क्षेत्र भन्दा चलचित्र र चलचित्र हल वढी मारमा परेको वताउदै यसको क्षतीपुर्तिको सवालमा सरकार संग वसेर छलफल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 
उनले भने यो अवस्थामा विकल्प खोजेर हल सञ्चालन गर्नु पनि उत्तिकै जोखिम छ असर दिनानु दिन परिरहेको छ । फरक प्रसंगमा गिरीले पहिलेको तुलनामा अहिले राम्रा र गुणस्तरिय चलचित्र एकदमै कम मात्रामा निर्माण हुने हुँदा हलमा दर्शकको उपस्थिती न्युन हुने गरेको वताउनुभयो । चलचित्र हेर्नकोको लागी विभिन्न खालका प्रविधि भित्रिए पनि यसको महत्वमा कमि नआएको वताएका गिरीले जसका लागी नागरिकले रुचाउने खालका राम्रा चलचित्र वनाउन आवश्वक भएकोमा जोड दिनुभयो ।
यसैविच चलचित्र प्रति नागरिकको लोकप्रियता अहिले पनि उत्तिकै भएको भन्दै स्थानिय प्रदेश र संघिय सरकारले हलहरुको लागी विद्युत, टेलिफोन लगाएतको मासिक शुल्कमा सहुलिएत दिन सके केहि मात्रामा भएपनि राहत मिल्ने चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनले वताउनुभयो । चलचित्रका हल सञ्चालकको पिडा कसले वुझ्ने सवैको समस्या उस्तै हो यसतर्फ अलिकती भएपनि राज्यले सोच्न जरुरी छ  उहाँले भन्नुभयो ।
नेपालमा पहिलो नेपाली चलचित्र आमा रिलिज भएपछिको ६० वर्ष पुरानो चलचित्रको इतिहाँस विभिन्न चरण पार गर्दै यहाँसम्म आइपुगेको सरोकारवालाहरु वताउँछन । एक दशक २०५० देखि ६० सम्म निकै चर्चा पाएको चलचित्र क्षेत्र पछि विस्तारै ओरालो लाग्दै गएको पाईन्छ  । त्यसैले यसको संरक्षण र संम्वद्र्धनका लागी सवैको ध्यान जान जरुरी छ ।  

प्रतिकृया दिनुहोस