राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सिल

चिकित्सको कोरोना पोजिटिभ भए पछि राप्ती प्रादेशिक अस्पताल तुलसिपुरलाई सिल गरिएको छ । अस्पपतालमा कार्यरत २ जना चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । संक्रमित हुनेहरुमा ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी रहेको अस्पताल स्रोतले जनाएको छ ।
केही दिन अघि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार प्रादेशिक अस्पतालमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो । यसैविच घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा आज शनिवार घोराहीका ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

चिकित्सक मा कोरोना संक्रमण पोजेटिभ देखिएको यो पहिलो घटना रहेको फेकल पर्सन केसीले वताउनुभयो ।

प्रतिकृया दिनुहोस