समुदायमा संक्रमण, एक हप्तालाई लकडाउन

आगामी आईतवार देखि दाङमा एक हप्ता सम्मका लागी लकडाउन गर्न लागिएको छ ।जिल्ला संकट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले आउदो आईतवार राती १२ बजेदेखी आगामी भदौ २१ गते राती सम्मका लागी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले तत्काल लगडाउन लागू गर्न  विभिन्न पक्षबाट सुुुझााा दिईएको थियो । एक हप्ताको समयअवधी निर्धारण गरेता पनि आगामी २२ गते पछिको अवस्थालाई मध्ये नजर गदै फेरी अर्को निर्णय लिन सकिने उहिले जानकारी दिनु भयो ।लकडाउन अवधी भर अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात क्षेत्र, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय , संघसंस्थाका कार्यालय लगाएत सम्पुर्ण बन्द हुनेछन् । साथै नागरिकहरु पनि अत्यवश्यक काम बाहेक अन्य समयमा घर बाहिर निस्कन रोक लगाईएको छ ।

प्रतिकृया दिनुहोस