डाक्टर र सुरक्षाकर्मीसहित बाँकेमा थपिए ३३ संक्रमित

भेरी अस्पताल नेपालगञ्जका डक्टरसहित बाँकेका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा बिहीवार गरिएको परिक्षणमा भेरीमै कार्यरत २ डाक्टर, मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरका ६ जना नेपाली सेना तथा कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य गरी ३३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

नयाँ संक्रमितमध्ये नेपालगञ्जका दुई जना डक्टर सहित १२ जना, मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगरका ६ नेपाली सेना सहित कोहलपुरका १३, जानकीका ६ तथा राप्तीसोनारी र खजुराका एकएक जना रहेका छन । संक्रमितहरु ६ वार्षीया बालिकादेखि ५८ वर्षीय पुरुषसम्म रहेका छन । योसंग बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ५३ पुगेको छ । जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ भने ६ सय ८२ जना संक्रमित उपचारपछि निको भइ घर गएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस