तुलसीपुरमा युवाहरुको मौन प्रर्दशन

दाङ तुलसीपुरका ‘युथ अफ तुलसीपुरका’ युवाहरूले बुधबार मौन प्रदर्शन गरेका छन्।
तुलसीपुरको बीपी चोकबाट प्रदर्शन सुरू गरेका युवाहरूले बजारको विभिन्न ठाउँको परिक्रमा गरेका थिए  ।
प्रदर्शनकारीहरूले ‘हेलो, सरकार सम्धी खोई’, ‘सोचेझैं प्रशासन रैनछ’ कुर्सी मुनि कार्पेट, कार्पेटमुनि जनता लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
दाङमा स्थानीय प्रशासनले भदौ १ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म यातायातका साधन चलाउन प्रतिबन्ध लगाएकोमा पनि यूथ अफ तुलसीपुरका युवाहरूले व्यङ्ग्य गरेका छन् !
युथ अफ तुलसीपुरका एडमिन अरुण लहरेले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै गरिने लकडाउनको औचित्य नरहेको बताए।
उनले रातिमा मात्रै गरिने लकडाउनको औचित्य नरहेको दाबी गरे ।
यस्तो विपदको समयमा पनि व्यापक अनियमितता भइरहेको, सरकारले त्यो नियन्त्रण गर्न कुनै चासो नदिएको भन्दै विरोध स्वरूप युवाहरूले प्रदर्शन गरेका हुन्।

प्रतिकृया दिनुहोस