कालोबजार गरेको आरोपमा गढवामा ३ जना पक्राउ

रासायनिक मल (मलखाद)को मूल्य तोकिएको भन्दा बढीमा बिक्रि गरिरहेका ब्यक्ति देउखुरीको गढवामा पक्राउ परेका छन् । 
गढवा बजार र त्यसको आसपासको क्षेत्रमा रहेका रासयनिक मलका बिक्रेताहरुले बढि मोलमा बिक्रि गरेको सूचना प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
पक्राउ पर्नेमा गढवा गाँउपालिका वडा नम्वर ५का सुनिल पा्ेख्रेल,वडा नम्वर ६ का राजकुमार गुप्ता र युवराज पाण्डेलाई हुनुहुन्छ । प्रति बोरा ७ सय २१ रुपैया पर्ने युरियालाई प्रति बोरा २ हजार ४ सय रुपैयाका दरले बिक्रि गर्रिरहेको अबस्थामा पक्रया गरिएको हो । पक्राउ परेका तीनै जनामाथि उपभोक्तालाई ठगी कालो बजार गरेकाले मुलुकी फौजदारी कार्यबिधि संहिता,२०७४ को दफा १४ बमोजिम कारर्बाहीका लागि म्याद थप गर्ने र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस