शंकर विसी फिल्म निर्देशन गर्दै, ‘माग्ने बुढा’ हिरो ?

भिडियो निर्देशनमा आफूलाई स्थापित गरिसकेका निर्देशकहरुको नेपाली फिल्ममा प्रवेश बढ्दो छ  निकेश खड्का, भुषण दाहाल, आलोक नेम्वाङ, प्रणप जोशी, नितिन चन्द, जनकदीप पराजुली, प्रशन्न पौडेललगायतले भिडियोसँगै फिल्म निर्देशन पनि गरिसकेका छन्  अब यो लिस्टमा अर्को नाम थपिने भएको छ । 

 

लोकदोहोरी गीतका भिडियो निर्देशक तथा चर्चित मोडल शंकर विसीले पनि फिल्म निर्देशनमा हात हाल्ने भएका छन् अर्को वर्ष उनी आफ्नो निर्देशनमा फिल्म निर्माण गर्ने तयारीमा छन्  उनले २ वर्ष अगाडि लेखेको कथामा फिल्म बन्न लागेको हो  अहिले उनको कथामाथि लेखक अभिमन्यू निरवीले काम गरिसकेका छन् । 

फिल्मीखबरसँग कुराकानी गर्दै शंकरले भने, ‘केही समयदेखि स्क्रिप्टको काम भइरहेको छ लेखक निरवीले मैले लेखेको कथालाई कच्चा पदार्थ हो यसलाई फिल्म बनाउँछु भन्नुभएको छ  उहाँले पूर्ण स्क्रिप्ट दिएपछि फिल्मको बाँकी काम सुरु गर्नेछौँ ’ विन्दावासिनी म्यूजिक कम्पनीले फिल्मको निर्माण गर्नेछ ।

 

फिल्म कमेडीप्रधान हुने उनले बताए  फिल्ममा हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ सँग कुरा भइरहेको उनी बताउँछन्  विसी भन्छन्, ‘फिल्मको कन्सेप्ट सुनेपछि उहाँ सकारात्मक देखिनु भएको छ  स्क्रिप्ट लिएर आउनुस् कुरा गरौँला भन्नुभएको छ  स्क्रिप्ट पूर्ण भएपछि उहाँसँग बाँकी कुरा गर्नेछौँ ।’ 

 

दर्जन बढी फिल्मका गीतमा कोरियोग्राफरको रुपमा समेत काम गरिसकेका उनले २०६४ सालमा फिल्म ‘बेरोजगार’ मा अभिनय पनि गरेका थिए  तर, यो फिल्म बक्सअफिसमा असफल भएको थियो  उनले २ हजार बढी म्यूजिक भिडियोको निर्देशन र मोडलिङ गरिसकेका छन् । 

प्रतिकृया दिनुहोस