मुलुकी ऐन फेरिए संगै ईप्रका तुलसिपुरमा ८७ वटा पुरुष हिंषाका मुद्धा दर्ता 



भाद्र ३ ।  हालै फेरिएको मुलुकी ऐनले महिलालाई मात्र नभई पुरुष लाई पनि सम्बन्ध विच्छेदको हक प्रदान गरे संगै पिडित पुरुष पनी न्याय खोज्दै सम्वन्धित निकायको ढोकामा पुग्ने गरेका छन । पछिल्लो समय महिला मात्र नभई पुरुष पनि विभिन्न खालका वढी हिंषामा पर्ने गरेको पाईन्छ । यसमा पनी श्रीमती वाट हिंषामा पर्ने श्रिमानको संख्या अत्यधिक वढी रहेको सरोकारवाला वताउँछन । जसमा विभिन्न कामको शिलशिलामा घरपरिवार छोडि वाहिर गएका मध्यम तथा निम्न वर्गका पुरुष यसको शिकार वन्ने गरेका हुन । 
भने केहि प्रलोभन तथा मायाँजालमा परेर पनी हिंषामा पर्ने गरेका छन । सजका कारण कतिपयको ज्यान समेत जाने गरेको छ । वदलिदो समय परिस्थिती संगै वढेको महँगीका कारण पुरुषहरु जिल्ला छोडि वाहिर पलाएन हुने गरेका छन । परिवार पाल्न छोराछोरी लाई राम्रो स्कुल पढाउने सपना वुन्दै हिडेका ति पुरुष अन्त्यमा घरफर्कदा घर न घाटको अवस्थामा पुग्ने गरेका छन । यस कारण पनी वर्षौ साल सम्वन्ध विच्छेदका घटना वढ्ने क्रममा छन । अदालत तथा प्रहरी कहाँ पनी यस्ता मुद्धाको चाँङ लाग्ने गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसिपुरका अनुसार गत आर्थिक वर्ष २०७६।७७ को हाल साउन महिना सम्म ८७ वटा पुरुष हिंषाका उजुरी परेका छन । यी मध्ये घरपरिवार छोडी वाहिरी देश गएका पुरुषको संख्या ५६ रहेको छ भने विभिन्न कारणले श्रिमान श्रीमती विच सम्वन्धमा खटपट भई सम्वन्ध विग्रिएकाले श्रिमती हाल माईतीमा वसेका २१ वटा मुद्धा रहेका छन ।
यस्तै २०७७ सालको वैशाख महिनादेखी साउन मसान्त सम्म १० वटा पुरुष हिंषाका मुद्धा दर्ता भएका छन । जसमा विदेश गएका श्रिमान फर्किएपछि उजुरी दिएका ६ वटा र सम्वन्ध विग्रिएका ४ वटा रहेका छन । यी मध्ये केहि फर्चौट भईसकेका छन भने केहि प्रक्रियामा रहेका छन ।  केहि गछौं भनी विदेसिएको अर्कोको ठाँउ खाई नखाई दुख गरी कमाएको पैसा घरमा परिवार छोराछोरीका लागी पठायो आज यस्तो भयो पिडित पुरुषहरुको गुनासो छ । उनिहरु भन्छन देशमै केहि गर्न सकेको भए यो अवस्था आउने त थिएन ।
यसैविच पुरुष हिंषाको प्रमुख कारण वैदेशिक रोजगार भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख शिव वहादुर सिंहले वताउनुभयो । सिंहका अनुसार वेरोजगार, वैदेशिक रोजगार, प्रविधिको दुरुपयोग,बालविवाह लगाएत जनचेतनाको कमिका कारण पनी यस्ता घटना वढ्ेका हुन । जसका लागी स्वदेशमै रोजगार दिन र हरेक नागरिकमा जनचेतना फैलाउन सके यसको न्युनिकरण गर्न सकिने उहाँको भनाई छ ।
वाहिर भएका श्रिमानले कमाएजती पैसा श्रिमतीको नाममा पठाउने र त्यो पैसा,सम्पत्ति यता श्रीमतीले हिनामिना गरेको, छोराछोरी अलपत्र अवस्थामा, पारेको साथै केहिका श्रीमती परपुरुष संगै भागेका घटना,मदिरा सेवन, कुटपिट, अविश्वासका कारण रहेको प्रहरीले वताएको छ । पुरुषको तुलनामा महिला हिंषाको अवस्था अझै डर लाग्दो रहेको छ । त्यसमा पनी धेरै घरेलु हिंषा हुने गरेका छन । बालबालिकाको अवस्थापनी उस्तै छ । पहिलेको अशिक्षित वर्ग र अहिलेको शिक्षित वर्ग विच खास ठुलो भिन्नता पाईदैन । वुझेर वा नवुझेर जानेर या नजारे पनी यस्ता थुप्रै खालका  घटना हुने गरेका छन । हिंसा  हिंसा नै हो, चाहे त्यो पुरुषले गरोस् या महिलाले । हिंसा सहने ‘पीडित’ नै हुन्छन्, ती महिला हुन् या पुरुष । हिंसा गर्ने ‘पीडक’ नै हो, चाहे महिला होस् या पुरुष ।
कुनै पनि हिंषा गर्नु अपराध मानिन्छ । ऐन नियम कानुन कडा वनाईएका छन तरपनी कार्यान्वयन पक्ष एकदमै फितलो देखिन्छ । यसकारणले पनी हिंषाको रुप वढेको सरोकारवालाहरु वताउँछन । 

प्रतिकृया दिनुहोस