पानीमा डुवेर दुई जना शिशुको मृत्यु

पानीमा डुबेर दाङमा दुई जना बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्वर १७ गैरागाँउका मनोज चौधरीकीे १५ महिनाकी छोरी खेल्ने क्रममा घर अगाडीको कुलोमा डुब्नुभएको हो । उहाँको उपचारका लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गढवा गाउँपालिका वडा नम्वर४ खजरौटका महोमद रजा मियाकी १ बर्षिया छोरी घर नजिकै खेल्ने क्रममा बाल्टीमा डुबि गम्भीर हुनुभएको थियो । उहाँको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्युभएको ई.प्र.का.गढवा दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस