छोटो चलचित्र ‘चेलीको बेदना’ युट्युब मार्फत सार्वजनिक

१ भदौ, २०७७/ तुलसीपुर - 

तिजको अबसर पारेर छोटो चलचित्र “चेलीको बेदना” युट्युब मार्फत सार्वजनिक गरिएको छ। लेखक, निर्माता तथा निर्देशक प्रविन पुरी लगायतको टिमले बनाएको उक्त छोटो चलचित्र एक्सरे खबरको युट्युब च्यानल मार्फत आज  तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गिरएको हो।

चलचित्रका प्रस्तुतकर्ता श्रवन देभकोटाले हरितालिका तिजको अबसर पारेर चलचित्र निर्माण गरिएको बताए। उनले तिज महिलाको पर्व भएपनि चेलीले पाउने पिडा  तथा माइतीमा  तिज पर्व छोरि चेली बिना खल्लो हुने र सबै परिवार मिलेर तडकभडक रहित तवरले मनाउनु पर्ने सन्देश दिन चलचित्र निर्माण गरिएको बताए।

करिब ३५ मिनेट मात्र रहेको सो चलचित्रमा बसन्त राना , सन्दिप गौतम , प्रतिक्षा शर्मा , सरु रिजाल , सबिना ढकाल, एस पी ओली  र पुस्पा रिजाल लगाएतको मुख्य अभिनय रहेको छ भने नवराज घिमिरे र राजन केसी संगीत लाई अथिति कलाकारको रुपमा प्रस्तुत गरिएको छ। फिल्मलाई श्रवन देभकोटा र नवराज घिमिरेले छायांकन गरेका छन भने बसन्त राना र सन्तोष देभकोटाले सम्पादन गरेका हुन।

https://youtu.be/-Up66QV4zk4

प्रतिकृया दिनुहोस