फेरि सर्यो ‘दि ब्रेकअप’, अब ‘क्याप्टेन’सँग भिड्ने

अहिलेका हटकेक हिरो अनमोल केसीको फिल्मसँग भिडन्त गर्न हत्तपत्त निर्माता तयार हुँदैनन्  उनको फिल्मसँग बक्सअफिसमा आमने-सामने हुनु भनेको ‘बाघको मुखमा हात हाल्नु सरह हो’ भन्ने गरिन्छ  तर, यो मान्यता विस्तारै भंग हुँदै गएको छ  फागुन १७ मा उनी अभिनीत फिल्म ‘क्याप्टेन’ सँग भिड्न ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ तयार छ । 

 

यस्तै चैत २९ गते उनको अर्को प्रतिक्षीत फिल्म 'ए मेरो हजुर ३' सँग उदाउँदा स्टारको रुपमा हेरिएको सलिनमान बनियाँको फिल्म 'यात्रा' जुध्दैछ  एकपछि अर्को दर्शकमाझ व्यग्र प्रतिक्षामा रहेका ठूला फिल्म अनमोलका फिल्मसँग भिड्न तयार हुँदै गर्दा अब उनका फिल्मसँग भिडन्त गर्नु फलामको चिउरा चपाउनु सरह नभएको तर्फ संकेत गर्छ । 

 

यसबीच फागुन १७ गते ‘क्याप्टेन’ सँग भिड्न अर्को प्रतिक्षीत फिल्म ‘दि ब्रेकअप’ आउने कन्फर्म भएको छ  अभिनेता विपिन कार्कीको मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा भाँचिएपछि अस्तव्यस्त भएको फिल्म 'जात्रै जात्रा' को छायांकन लगभग एक महिनाका लागि रोकिएपछि अब यो फिल्म पूर्वनिर्धारित मितिमा नआउने प्रवल सम्भावना छ ।  

उक्त फिल्म नआउने संकेत पाएपछि फिल्म ‘दि ब्रेकअप’ पूर्वघोषित मिति पुष २७ गतेबाट सरेर फागुन १७ मा पुगेको छ । यो मितिमा महाशिवरात्रीको विदा छ  रोचक कुरा के छ भने अनमोललाई डेब्यु गराउने निर्देशक हेमराज विसीको फिल्म हो ‘दि ब्रेकअप’  उनको निर्देशनमा अनमोलले 'होस्टेल', 'जेरी' र 'गाजलु' मा काम गरेका थिए  पछिल्लो समय दुईबीच सम्बन्ध सन्तुलित नभएको सिनेवृतमा चर्चा छ । 

 

हेमराजले 'क्याप्टेन' सँग आफ्नो फिल्म जुधाउन लाग्नुले पनि दुईबीच 'पानी बाराबार' रहेको स्पष्ट हुन्छ   निर्देशक विसीले प्राविधिक कारणले रिलिज हेरफेर गर्नु परेको बताएका छन् । उनले फिल्ममा समावेश हुने २० प्रतिशत भिएफएक्सको कामलाई समय अभाव भएकाले रिलिज हेरफेर गर्नु परेको बताए । 

 

उनी भन्छन्, ‘आवश्यक प्रचार प्रसारमा पनि समय निकाल्न नसकेकोले रिलिज सार्न बाध्य भयौँ, फागुन १७ बाहेक उपयुक्त डेट भेटेनौँ ’ उक्त मितिमा प्रयाप्त बिदा भएको र विदामा नेपाली बजारले दुई फिल्म धान्ने उनी बताउँछन्  अब ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ को महासंग्राममा कुन कति पानीमा हुनेछ ? यो हेर्न भने निकै रोमाञ्चक हुनेछ । 

 

दुई फिल्मको कन्टेन्ट भने फरक छ  स्पोटर्स जानरामा ‘क्याप्टेन’ निर्माण भएको हो भने ‘दि ब्रेकअप’ लभस्टोरी फिल्म हो  अनमोल फिल्ममा एक फुटबलरको भूमिकामा छन्  ‘दि ब्रेकअप’ मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठ लिड अभिनयमा छन् ।  

प्रतिकृया दिनुहोस