कोभिड-१९ को असर : तुलसीपुरका करिव ३ सय साना व्यवसायी विस्थापित 

साउन २८ तुलसिपुर । कोरोना सङक्रमणका कारण भएको लक डाउन अर्थात (वन्दावन्दि ) का कारण तुलसिपुर क्षेत्रका करिव ३ सय साना व्यवसायी विस्थापित भएको तुलसिपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले वताउनुभएको छ । यो समय अझै वढ्दै जाने हो भने विस्थापितको संख्या अझै वढ्ने उहाँले वताउनुभयो । उद्योग वाणिज्य संघका सचिव र तुलसिपुरमा रहेको गणेश डेरीका सञ्चालक केसीले यो अवस्था व्यवसायीका लागी निकै जटिल भएको वताउनुभयो । यसका लागी सरकारले राहतको प्याकेज पनी ल्याउन जरुरी रहेको वताउदै विस्थापित व्यवसाय पुन सञ्चालनका लागी पहल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । यसतर्फ राज्यका सरोकारवाला निकायको विशेष ध्यान जान जरुरी छ भन्न्ुभयो । अहिले सम्म गम्भिर वन्न नसकेको सरकारको आशा कति गर्न सकिएला प्रश्न गर्नुभयो ।  
काठमाण्डौं विरगंञ्ज नेपालगंञ्ज लगाएत देशका ठुला शहरमा रहेका मुख्य नाका नै वन्द रहेका कारण त्यसको प्रभाव दाङमा पनी परेको र सामान आपुर्तिमा समस्या भएको प्रजातान्त्रिक उद्योग व्यापार संघ तुलसिपुरका अध्यक्ष जनक खरालले वताउनुभयो । वजारमा फटफुट व्यापार त छ तर सामान छैन लक डाउनका कारण व्यवसायी अत्यधिक मारमा परेको वताउदै साना व्यवसायी झनै त्यसको मर्कामा परेको र रोजिरोटीमा नै समस्या उत्पन्न भएको उहाँले वताउनुभयो ।

उहाँले भन्न्ुाभयो ठुलो लाई ठुलै समस्या परेको छ भने सानो लाई साँझ विहानकै छाक टार्न मुस्किल परेको छ ।कारोवार वन्द घरभाडा,कर वुझाउनुपर्ने आवश्यकता भएका कारण पनी प्रायजसो वसपार्कमा रहेका व्यवसाय वन्द हुन पुगेको उहाँले वताउनुभयो । खरालले सरकार एउटा अविभावक भएको भएपनी यो अवस्थामा अविभावकत्वको महसुस आफुहरुले गर्न नपाएको गुनासो गर्नुभयो । सरकार संग मेरो आग्रह छ सरकारले निती वनाउन जरुरी छ र त्यसैमा टेकेर अगाडि वढ्न सके प्रभावकारी हुने उहाँले वताउनुभयो । कोरोना सङक्रमणका कारण विश्व नै भयावह भएको यस अवस्थामा व्यवसायीहरुको अवस्था झनै नाजुक भएको तुलसिपुर चेम्वर अफ कमर्सका अध्यक्ष टोप वहादुर घर्तिले वताउनुभयो ।

उहाँले भन्नुभयो अहिले केहि भन्न नसक्ने अवस्था छ यो वेला हामी अत्यधिक मारमा पर्यौ लगानीमैत्री वातावरण नै छैन उनले भने जता हेर्यो समस्यै समस्या छ यो अवधि वढ्यो भने पछि के हुन्छ भन्नै सकिदैन । सरकारले व्यवसायीहरु संग सहकार्य गरेर कर छुट वैङकले व्याज मिनाहा गरिदिए र घरवेटीहरुले घरभाडा छुट गर्न आवश्यक रहेको घर्तिले भन्न्ुभयो ।

व्यवसाय मात्र नभएर शिक्षा, यातायात, पर्यटन लगाएत सवैको अवस्था उस्तै छ । त्यसका लागी केहि विकल्प खोज्न सरोकारवालाहरुले पटक पटक आग्रह समेत गर्दै आएका छन भने लकडाउन (वन्दावन्दि ) वाहेक अरु खास केहि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको सर्वत्र आलोचना समेत हुदै आएको छ । त्यसैले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार संवेदनशिल भएर अगाडि वढ्न र यसको निकास निकाल्न जरुरी छ ।

यसैविच कोरोना कहरका कारण मारमा परेका व्यवसायीको समस्या लाई मध्यनजर गर्दै तुलसिपुरका २ सय घरधनिले घरभाडा छुट गरेका छन । सरकारको आग्रह साथै उद्योगवाणिज्य संघको पहलमा व्यवसायीका लागी केहि सहुलिएत होस भन्ने उद्येश्यले पनी भाडा छुट गरिएको घरभनिहरु वताउछन । केहिले मानव सेवा नै सर्वोतम कार्य भएको भन्दै आफुखुशी भाडा छुट गरेको तुलसिपुर उद्योग वाणिज्य संघले जनाएको छ । जसमध्ये कोरोना सङक्रमण कहिले सम्म हुन्छ त्यो थाहा नभई पहिलो  १ महिनाको भाडा छुट गर्ने वढि रहेका छन ।

प्रतिकृया दिनुहोस