दाङमा गतवर्ष भन्दा ३५ सय बढि हेक्टर जमिनमा धान रोपाइ

श्रावन २८ दाङ । समयमा वर्षा हुदाँ दाङमा यस वर्ष धान रोपाइँ समय मै सम्पन्न भएको छ । गत वर्ष ३७ हजार ७ सय हेक्टरमा धान रोपाई भएको थियो भने यस वर्ष करिव ३५ सय हेक्टर वृद्धि भएको कृषि ज्ञान केन्द दाङले जनाएको छ ।  कोरोना सङक्रमणका कारण भएको लक डाउनका अर्थात वन्दावन्दिका वावजुत पनी रोपाई सोचे अनुरुप भएको केन्द्रका प्रमुख संन्देश धितालले वताउनुभयो । वर्षात सोचे अनुरुप भएको र कोरोना सङक्रमणका कारण रोजगारको शिलशिलामा जिल्ला छोडि अन्यत्र गएका धेरै मानिस घर फर्कि कृषि पेशा अंगालेकाले पनी रोपाईमा वृद्धि भएको हो । जसका कारण विगत धेरै वर्षदेखि वाँझो जमिनमा यस वर्ष किसानले विभिन्न प्रजातिका धान रोपेको  केन्द्रले जनाएको छ ।
कोरोना कहर भएपनी समयमै मल विउ र वार्षत राम्रो भएको हुँदा यस वर्ष राम्रो र सजलो गरि रोपाई सम्मपन्न गरेको तुलसिपुर उपमहाँनगरपालिका वडानम्वर १० का किसान विन्तिराम चौधरीले वताउनुभयो । तर अहिले धानमा मल लगाउने बेला अभाव भएको छ । धान रोपेको २० देखि २५ दिनभित्र युरिया मल हाल्नुपर्ने भए पनि बजारमा मल नपाउँदा अहिले किसानहरु समस्यामा परेको गुनासो गरेका छन । गत वर्षभन्दा यस वर्ष धान उत्पादन धेरै हुने आँकल गरेका किसानहरुलाई मल अभाव हुदा उत्पादन घट्ने होकि भन्ने चिन्ताले सताएको छ ।
पछल्लो मसय अहिले मलको दाङमा कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल वितरण गर्दै आएका छन् । सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत अनुदानको मल पाउने गरेका छन । दाङमा कृषि सामाग्रीले तुलसीपुर घोराही र लमहीमा मल बिक्री गर्ने गर्दछ भने साल्ट ट्रेनिङले घोराही क्षेत्रका लागि मात्र बिक्री गर्ने गरेको छ । सामग्रीका अनुसार केही मात्रमा डिएपी र पोटास मल भए पनि युरिया मल अहिलेसम्म आएको छैन ।  भदौको पहिलो साताभित्र आउन सक्ने सामग्रीले जनाएको छ ।

साल्ट ट्रेडिङ घोराहीका प्रमुख आनन्द न्यौपानेले भर्खरै करिब १२ बोरा युरिया मल वीरगञ्जबाट आएको बताउनु भयो । उहाँले भारतको कोलकताबाट मल आउन लागेको बताउनुभयो । मल आए पश्चात किसान लाई सहज हुने उहाँले वताउनुभयो । अन्न खेतीकोे उर्भर भुमि दाङ धान खेतीको लागी अझै राम्रो भएको विज्ञहरु वताउछन ।  

प्रतिकृया दिनुहोस