राजारामले ‘क्याप्टेन’ मा पारिश्रमिक पाएनन्, भुवन भन्छन्, ‘मलाई सुन्नु छैन’

फिल्म निर्माण भइसकेपछि पनि निर्माताबाट पारिश्रमिक नपाएको गुनासो प्रायः कलाकार तथा प्राविधिकहरुले गरिरहेका हुन्छन् फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ का एक कलाकारले पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन्  उनी हुन्- बरिष्ठ कलाकार राजाराम पौडेल उनको उक्त फिल्ममा अभिनय छ । 

 

साप्ताहिकसँगको अन्तर्वार्तामा उनले ‘क्याप्टेन’ मा काम गरेको पारिश्रमिक अहिलेसम्म नपाएको र पारिश्रमिक नपाएसम्म डबिङ नगर्ने स्पष्ट बताएका छन्  उनले आफ्नो डबिङ अरुबाट गराए कानुनको सहयोग लिने समेत भनेका छन्  तर, राजारामले पारिश्रमिक नपाएको कुरा निर्माता भुवन केसीलाई थाहा नै छैन रे  के पत्याउने कुरा हो यो ?

बिहीवार फिल्म ‘क्याप्टेन’ को गीत रिलिज कार्यक्रममा राजारामले पारिश्रमिक नपाएको गुनासो बारे पत्रकारले निर्माता केसीको बयान बुझ्न खोजे  तर, उनले यो कुरा थाहा नै नभएको भन्दै अपत्यारिलो जवाफ फर्काए  काजल फिल्मसका 'वनर' हुन् उनी  ‘क्याप्टेन’ को कार्यकारी निर्मातामा अघोषित श्रीमती जिया केसीको नाम छ । 

 

स्वयं भुवनको नाम फिल्मको निर्मातामा उल्लेख छ  तर, उनी फिल्मको निर्माता नै नरहेको आशयमा फिल्मका कलाकार राजारामले पारिश्रमिक नपाएको कुरा आफूलाई थाहा नै नभएको र आफूलाई त्यो सुन्नु नै नपरेको बताउँछन्  एउटा निर्माताले फिल्ममा अभिनय गरेको कलाकारको गुनासो बुझ्न र सुन्न आवश्यक नभएको बोल्नु कति व्यबहारिक छ ? 

 

अन्य कुरामा छाती फुलाएर बोल्ने उनी कलाकारले पारिश्रमिक नपाएको गुनासो पोख्दा किन चुप ? उनको मौनताले राजारामको कुरामा सत्यता रहेको छर्लङ्ग हुन्छ  उनी स्वंम एक कलाकार भएका कारण अर्को कलाकारको मर्म बुझ्नु पर्ने हो ? तर, उनी आफ्नै फिल्ममा अभिनय गर्ने कलाकारले पारिश्रमिक नपाएको गुनासोलाई साधारण रुपमा लिन्छन् । 

 

भुवनले यस विषयमा बोल्न नचाहँदा निर्देशक दीवाकर भट्टराईले भने त्यसको जिम्मेवारी आफूले लिने बताए । भुवनको अभिव्यक्तिको विरोध हुने बुझेपछि निर्देशकले निर्मातालाई बचाउँदै भने, 'उहाँको डबिङको बेला भएको छैन । डबिङ गर्न मैले उहाँलाई कल गरेको छैन  डबिङ गर्ने बेला भएपछि म उहाँलाई बोलाउँछु ।' 

प्रतिकृया दिनुहोस