‘मेगास्टार’ विवाद: अनमोल भन्छन्, ‘मैले ट्याग मागेको होइन’

सदाबहार अभिनेता भुवन केसीका छोराको रुपमा अब अभिनेता अनमोल केसीलाई चिनाउन आवश्यक छैन  बरु, अहिले अभिनेता भुवनलाई अनमोलको पिता भनेर चिनिन थालिएको छ  प्रदर्शनमा आइसकेका पाँच फिल्मले अभिनेता अनमोललाई नसोचेको सफलता दिलाएको छ  'फ्यान फ्लोइंग' उस्तै लोभलाग्दो छ  अहिलेका सर्वाधिक महँगा र सबैभन्दा डिमान्ड भएका अभिनेता हुन् उनी । 

 

उनलाई फिल्ममा लिएपछि फ्लोरमा निस्कनुभन्दा अगाडि नै निर्माताको लगानी सुरक्षित भइसकेको हुन्छ  यसकारण उनको माग 'दिन दुई गुणा, रात चार गुणा' बढेको छ  हाल 'ए मेरो हजुर ३' को छायांकनमा व्यस्त उनको नयाँ फिल्म 'क्याप्टेन' फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ  बिहीवार यस फिल्मको 'रहर छ सँगै...' बोलको गीत सार्वजनिक भएको छ । 

 

गत वर्ष अभिनेता अनमोललाई फिल्म 'कृ' को एक कार्यक्रममा सञ्चारकर्मी नरेश भट्टराईले ‘मेगास्टार’ को ट्याग दिएपछि यसले ठूलै बहस जन्मायो सञ्चारकर्मीले उनलाई अहिले नै यो ट्यागको जिम्मेवारी सुम्पनु गलत रहेको तर्क राखे पनि अनमोलका 'डाइहार्ट फ्यान' ले उनलाई ‘मेगास्टार’ को रुपमा सहजै स्वीकार गरेका छन्  अनमोललाई ‘मेगास्टार’ भनिएकोप्रति अभिनेत्री रेखा थापाले समेत असन्तुष्टि व्यक्त गरेकी थिइन् । 

 

उनले भनेकी थिइन्, ‘पन्ध्र वर्ष भयो ‘ब्याक टू ब्याक’ हिट फिल्म दिएको, त्यो पनि एक्लैको भरमा । हिरोइन पनि हिरो बन्नसक्छ भनेर देखाएँ  तर आज मलाई ‘मेगास्टार’ र ‘महानायिका’ भन्न डराउँछन्  तिनै पत्रकार १/२ हिट फिल्म दिएको भरमा नयाँलाई ‘मेगास्टार’ भन्न हिच्किच्याउँदैनन् ’ रेखालाई जवाफमा अनमोलले पनि भनिदिए- मेरो नजरमा रेखा थापा ‘मेगास्टार’ । 

 

बिहीवार फिल्म 'क्याप्टेन' को गीत रिलिज कार्यक्रममा पत्रकारले ‘मेगास्टार’ को परिभाषा सञ्चारकर्मी नरेश भट्टराई, निर्माता तथा अभिनेता भुवन केसी र अभिनेता अनमोल केसीसँग खोज्ने प्रयास गरे  सञ्चारकर्मी भट्टराईले लगातार फिल्म हिट दिएको, लोभलाग्दो क्रेज भएको, सर्वाधिक डिमान्ड भएको र मिडियाको ठूलो भिड उनकै पछाडि लाग्ने हुँदा ‘मेगास्टार’ भनेको प्रस्ट्याए । 

 

अभिनेता भुवन केसी भने दर्शकले माया गरेर जे ट्याग दिए पनि स्वीकार्य रहेको बताउँछन्  उनी भन्छन्, 'हामीलाई यो 'स्टार' भन्नुस् भनेर कहिल्यै भन्दैनौं  हामी दर्शकको मायाका लागि काम गर्छौं  दर्शकले मायाले 'सुपरस्टार', 'स्टार' वा 'सदाबहार' जस्ता उपनाम दिनुहुन्छ भने हामी उहाँहरुलाई धन्यवाद मात्र भन्न सक्छौं ' उनको बुझाईमा लगातार फिल्म हिट भएको अभिनेतालाई 'सुपरस्टार' भन्ने गरिन्छ । 

 

अभिनेता अनमोल भने आफूले कुनै उपनामका लागि काम नगरेको बताउँछन् । उनी भन्छन्, 'मैले मलाई ‘मेगास्टार’ भन्नुस् भनेर भनेको छैन  मेरा फ्यानहरुले दिनुभएको ट्याग हो  यसकारण सबैलाई धन्यवाद दिन चाहन्छु ' 'डिप्लोम्याटिक डिलिङ्ज' मा उत्तर दिन माहिर मानिने उनी फिल्म 'क्याप्टेन' मा फुटबल खेलाडीको भूमिकामा छन् । 

नोटः 'मेगास्टार' हुनु पर्नेमा 'मेघास्टार' भएकाले सच्याइएको छ । 

प्रतिकृया दिनुहोस