राप्ती बबई क्याम्पस गुणस्तर सुनिश्चितताको स्वीकृत प्राप्तीको अन्तीम चरणको प्रक्रियामा

विश्वविद्यालय अनुदान आयोग (क्यु.ए.ए)ले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको स्वीकृत प्राप्तीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर अन्तिम चरणमा पुगेको छ ।
राप्ती बबई क्याम्पस आन्तरिक सुनिश्चितता समितिको आयोनामा आज शनिबार क्यू.ए.ऐ प्रक्रियाको प्रगतिका बारेमा जानकारी प्रदान र सुझाब संकलन कार्यक्रम भएको छ । समितिका संयोजक बिरबहादुर भण्डारी (मोहन)को अध्यक्षता एबम प्रतिनिधि सभासदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रम भएको हो ।
कार्य संचालन निर्देशीका अनुसार आवश्यकता अनुसार भौतिक पूर्वाधार विकास गर्नुपर्ने,प्रशासनिक गतिविधिलाई चुस्तदुरुस्त र प्रभावकारी वनाउने पर्ने,समयअनुकुल शैक्षिक वातावरण तयार गर्नुपर्ने,संस्थालाई हराभरा, स्वच्छ, सफा राख्ने तथा शान्त वातावरण कायम गर्नुपर्ने,सरोकारवालापक्षहरुवीच अन्तर सम्बन्ध विस्तार गर्नुपर्ने,स्थानीय दाता एवं शुभचिन्तकहरुलाई योगदानका लागि उत्प्रेरित गर्नुपर्ने,अन्तरिक तथा बाह्य स्रोत साधनको परिचालन गर्नुपर्ने,समयअनुकुल योजना निर्माण गरी संचालनमा ल्याउनुपर्ने,अध्ययन, अनुसन्धान, खोज र अभिलेखीकरणको उचित प्रवन्ध मिलाउनुपर्ने,प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुका लागि सभा, सेमिनार, तालिम तथा कार्यशाला गोष्ठीको आयोजना गर्नुपर्ने लगायतका सम्पादन गर्नुपर्ने हुन्छ । ति मध्ये कम्तिमा ७५ प्रतिसत सम्पन्न भई सकेको र अव आगामी असोजको पहिलो हप्ता क्याम्पसको अवलोकन भ्रमणका लागि आउने टोलीले अध्ययन गरेपछि प्रमाणपत्र प्रदान गरिने अपेक्षा गरिएको राप्ती बबई क्याम्पस गुणस्तर सुनिश्चितता समितिका संयोजक बिरबहादुर भण्डारी (मोहन)ले जानकारी दिनुभयो । उक्त अवलोकन टोलीले आबश्क थप सुधारको सुझावसहितको प्रतिवेदन दिने र सुझावअनुसार क्याम्पसले कार्य सम्पादन गर्ने छ ।
आन्तरिक गुणस्तर सुनिश्चितता लगायत बिभिन्न समिति गठन गरि कार्य सम्पादन भईरहेको संयोजक भण्डारीले बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोग (क्यु.ए.ए)ले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको स्वीकृत प्राप्तीका लागि राप्ती बबई क्याम्पस तुलसीपुरले तयार गर्न लागेको  गुरु योजन(मास्टर प्लान)को बारेमा ईन्जीनियर सागर केसीले कम्तिमा पनि ५० बर्ष सम्मको योजना सहितको पूर्बाधार निर्माण प्रस्तुति गर्नुभएको थियो । शैक्षिक ब्लक,खेलकुद मैदान,चमेना गृह,पाकिङ,हरियाली क्षेत्र,शौचालय,पानी ट्याङकी लगायत आबश्यक पुर्बाधारको बारेमा ईन्जीनियर केसीले गराउनुभएको थियो ।
संघीय सभाका सदस्य हिराचन्द्र केसीले पश्चिम दाङका लागि शैक्षिक केन्द्रको रुपमा बिकास गर्नुपर्ने राप्ती बबई क्याम्पसको बिकासका लागि आफुले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । तर बजेटको आशा धेरै नगरिहाल्न पनि भन्नुभयो । थोरै बजेट दिइएको छ , बितरण गर्नुपर्ने ठाँउ÷क्षेत्र धेरै छन्, २०÷३० लाख सम्मको सहयोग गर्न सकिन्छ,सांसद केसीले बताउनुभयो । 
पहँुच र प्रणाली(सिस्टम ) बुझेका जनप्रतिनिधिका लागि बजेट आफ्नो क्षेत्रमा ल्याउन गाहे छैन् तर नँया हुदा बुझन र सिक्न समय बित्यो अव थोरै समय मात्र बाँकी छ, केसीको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले राप्ती बबई क्याम्पसको शैक्षिक केन्द्रको बिकासका लागि दिर्घकालिन सोच बनाउनुपर्ने सुझाब दिनुभयो । जे खान्छ,त्यो पचाँउ छ भन्ने हजमोलाको प्रचारमा भने जस्तो नभई कानून,बिज्ञान,फूड एण्ड टेक्नोलोजी,टुर एण्ड ट्राभल लगायतका बिषयमा अध्ययन गर्ने क्याम्पसको रुपमा बिकाश गर्न सकिने मेयर पाण्डेले सुनाउनुभयो ।
क्याम्पस सञ्चालक समितिका सल्लाहकार सुशील बस्नेतले क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (क्यु.ए.ए)बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको स्वीकृत प्राप्तीका लागि गरिरहेका हरेक प्रक्रियामा सबै क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 
सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाले यो चरण सम्म आईपुग्दा सहयोग गरिरहनुभएका सवै पक्षलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले क्याम्पसको बिकाशका लागि सहयोगका लागि सवै पक्षलाई आह्वान गर्नुभयो । उपाध्यक्ष मीनराज केसीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सहजिकरण सहायक क्याम्पस प्रमुख भुपबहादुर बुढाथोकीले गर्नुृृभएको थियो ।
यसैबिच,
गत बर्ष सर्बसम्मत चयन भएको राप्ती बबई क्याम्पस सञ्चालक समितिले हालै मनोनयन गरेका ५ जनालाई सल्लाहकारलाई स्वागत गरेको छ ।
बिधानअनुरुप क्याम्पसकै क्षेत्रका प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी,निर्वाचन क्षेत्र नम्वर ३ (क) प्रदेश सभासदस्य  डिल्लीबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र क्याम्पस सञ्चालक समितिका पूर्ब अध्यक्ष गोपिनाथ योगीलाई पदेन सल्लाहकार र सामाजिक क्षेत्रबाट नेपाल संस्कृत बिश्वबिद्यालय आर्थिक प्रशासन प्रमुख लक्ष्मण पोख्रेल र मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब एबम बरिष्ठ सहजकर्ता सुशील बस्नेतलाई स्वागत गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस