कोभीड १९ रोकथाम र ब्यबस्थापनका लागि रणनीतिक योजना आबश्यक

कोभीड–१९ समुदायमा संक्रमन रोकथाम र ब्यबस्थापनका लागि भाबि रणनीतिक योजना सम्बन्धमा आज बिहिबार संबाद भएको छ । 
संबाद समूह प्रदेश नम्वर ५ सचिवालय तुलसीपुरले प्रदेश नम्वर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल,प्रदेश सभाका नेपाली काग्रेसका सचेतक निर्मला क्षेत्री,रुकुम पूर्ब सिस्ने गाँउपालिकाका अध्यक्ष कुमारी बराल गौतम, बर्दियाको बडैयाताल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी लगायत प्रदेशका १२ जिल्लाका सरोकारवाला पक्षसँग भर्चुल संबाद गरेको हो ।
भर्चुलमार्फत गरिएको संबादमा सामाजिक बिकास मन्त्री बरालले प्रदेश नम्वर ५ ले हाल समुदायमा कोरोना भाईरस संक्रमनको अबस्थाका बारेमा परीक्षण शुरु गरेको जानकारी दिनुभयो । 
प्रदेशमा संक्रमितको संख्या घट्दै गईरहेको जानकारी दिनुभयो । तर भावी रणनीति बारेमा अव जुट्ने बताउनुभयो । प्रदेशमा बढी कोरोना जेखिम भएका जिल्लाको बिश्लेषण गर्दै ७ वटा जिल्लामा रेण्डम सेम्पलिङग गरिएको मन्त्री बरालले बताउनुभयो । ती ७ जिल्ला मध्ये कपिलबस्तु र बाँकेमा संक्रमणको अबस्था बढी हुन सक्ने बताउनुभयो ।
यसअघि सञ्चालनमा रहेका २२ वटा हेल्प डेक्स बन्द अबस्थामा रहेकाले अब पून सञ्चालनमा ल्याईने बताउनुभयो । 
प्रदेश स्तरीय कोभीड –१९ संकट ब्यबस्थापन समितिको बैठकमा समुदायमा कोरोना भाईरस संक्रमण रोकथाम र ब्यबस्थापनका लागि आबश्यक रणनीतिका बारेमा छलफल चलाउने बताउनुभयो ।
प्रदेश सभासदस्य निर्मला क्षेत्रीले सीमा क्षेत्रमा रहेका ४ वटा भारतीय सीमा नाका होल्डीङ सेन्टरलाई ब्यबस्थापन गरि सञ्चालन गर्नुपर्ने सुझाब दिनुभयो । 
नेपालीहरुका ठुला चाँड नजिकिदै जादा भारतबाट अधिक मात्रामा नेपाल फर्कने मानिसको संख्या हुने उहाँले बताउनुभयो । 
ठुलो संख्यामा आउने मानिसहरुलाई कोरोना भाईरस संक्रमण रोकथामका लागि आबश्यक ब्यबस्थापनका बारेमा संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले पूर्ब तयारी गर्नुपर्ने प्रदेश सभासदस्य क्षेत्रीले जोड दिनुभयो । 
सिस्ने गाँउपालिकाका अध्यक्ष कुमारी बराल गौतमले स्थानीय सरकारले थोरै श्रोत र ब्यबस्थापनमा कोरोना रोकथाम र ब्यबस्थापनको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । 
सो अवसरमा बडैयाताल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी,पाल्पाका कानुन ब्यबसायी गिता शर्मा,नवलपरासीका अधिकारकर्मी शम्भुप्रसाद उपाध्याय, उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामे, रोल्पाका सामाजिक अभियान्ता तिर्पणी बैजाली मगर लगायत १२ जिल्लाका बिभिन्न सरोकारवाला पक्षले सामाजिक दुरी, सेनिटाईजर र मास्क प्रयोगलाई कडाई गर्नुपर्ने सुझाब दिनुभयो । त्यसबाहेक लकडाउनको बिकल्प खोज्दै क्वारेन्टाईन र आईसोलेसन कक्षहरु ब्यबस्थीत गराईनुपर्ने, पीसिआर टेष्टलाई समुदाय केन्द्रीत गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको सहजिकरण संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन सहजकर्ता बिक्रम खड्काले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस