समुदायमा संक्रमित २ जना गढ्वामा फेला

दाङमा समुदायस्तरमै कोरोना संक्रमण देखिएको छ। गढवा गाउँपालिकामा समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना छिरेको बताइएको छ। कोरोना समुदायमा भए-नभएको जाँचका लागि गढवा ८ कोइलाबास नाका क्षेत्रका ४० जनाको स्वाब परीक्षण गरिएकोमा गढवा गाउँपालिका–८ का दुई स्थानीयमा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुुसार उनीहरुको साउन १६ गते स्वाब संकलन गरिएको थियो। भारतीय सीमानाकासँग जोडिएका बस्तीमा कोरोना फैलिन सक्ने आशंकामा नाका क्षेत्रका स्थानीय ४० जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले बताउनुभयो । ४५ र २१ वर्षका दुई पुरुषमा कोरोना पुष्टि भएको हो। उनीहरु दुवै भारतबाट आएर घरमा बसेको व्यक्ति रहेको वडा अध्यक्ष सद्धाम सिद्धिकीले जानकारी दिनुुुभयो । तर उनीहरु कहिले भारतबाट आएका हुन् भन्ने एकिन भएको छैन। भारतबाट आएर घरमा बसेको पत्ता लगाएपछि स्वाब परीक्षण गर्दा कारोना पुष्टि भएको हो। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी स्वाब परीक्षण गरिने छ । 

प्रतिकृया दिनुहोस