नेपाली सेनाको रिपोर्ट दाङमा पोजेटिभ

दाङमा नेपाली सेनाका जवानमा कोरोना संक्रमण देखिएको छ। नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरमा ट्रेनिङका लागि प्युठानबाट आएका सिन्धुलीका ३६ वर्षीय सैनिक जवानमा कोरोना पोजिटिभ देखिएको सहायक बाहिनीपति अनिल सिंहले जानकारी दिनुभयो ।
सैने तालिमका लागि बाहिनीमा आएका जवानमा कोरोनाको आशंका लागेपछि १६ गते स्वाब संकलन गरिएकोमा  रिपोर्ट पोजिटिभ देखिएको थियोे ।ति सैनिक जवानको आइतबार नेपालगंजमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।
 उनीसँगै एउटै गाडीमा आएका १९ जना अहिले बाहिनीभित्रै क्वारेन्टाइनमा रहेको सहायक बाहिनीपति सिंहले बताउनु भयो। उनकाअनुसार क्वारेन्टाइनमा बसेका उनीहरुको छिट्टै स्वाब संकलन गरी परीक्षण गरिने भएको छ। संक्रमण देखिएका जवानको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस