समुदायमा कोरोना परीक्षण

दाङमा पनि समुदाय स्तरमा कोरोना भाइरस परिक्षण थालिएको छ । १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा नमूनाका रुपमा समुदाय स्तरमा कोरोना परिक्षण थलिएको हो । बढी कोरोनाको जोखिम देखिएको स्थानीय तह छनौट गरेर परिक्षण थालिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलका अनुसार तुलसीपुर,घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा र राप्ती गाउँपालिकालाई छनौट गरेर नमूनाका रुपमा स्वाब संकलन गरिने छ । हालसम्म तुलसीपुरबाहेक अरु पालिकामा स्वाव संकलनको काम सम्पन्न भएको छ । अब तुलसीपुरमा एक घरबाट एक जनाको नमूना संकलन गरिने छ । यि पाँच स्थानीय तहमा गरेर २ सय स्वाबको संकलन गरिने उहाँले बताउनुभयो । 
हिजो आइतबार सम्म ४ पालिकामा १ सय ९४ वटा स्वाबको नमूना संकलन गरिएको छ । अब ५१ वटा स्वाबको नमूना तुलसीपुरबाट संकलन गरिने छ ।
समुदाय स्तरमा संकलन गरिएको स्वाबको परिक्षणमा घोराही उपमहानगरपालिकामा भने रिपोर्ट नेगेटिभ आएको छ । 
घोराही उपमहानगरपालिकामा जनपथ प्रहरी, शसस्त्र प्रहरी र बैंकहरुबाट ५१ वटा स्वाबको नमूना संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन चन्दले बताउनुभयो । अन्यको भने परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ । 
लमहीमा अत्यधिक भिडभाड हुन व्यापरिक स्थानबाट ३६ वटा नमूना संकलन गरिएको छ ।
राप्तीमा २२ जना स्वास्थ्य कर्मीको संकलन गरिएको थियो भने गढवामा ४० जनाको नमूना संकलन गरिएको छ । 
परिक्षणका लागि बुटवल स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
प्रदेश ५ सरकारले प्रदेशका ६ जिल्लामा समुदाय स्तरमा कोरोना परिक्षण गर्ने भनेको छ । 
दाङ सहित अर्घाखाँची, नवलपरासी, रुपन्देही, बर्दिया र कपिलवस्तुबाट १२ सयजनाको रेन्डम स्याम्पलिङ विधिबाट नमुना छनोट गर्ने प्रदेश सरकारले जनाएको छ । 
दाङमा अब २३ जना मात्र कोरोना संक्रमित निको हुन बाँकी रहेका छन् । जिल्लामा ६६७ जनामा संक्रमण पुष्टि भएकोमा अब प्रदेश सरकारले स्थापना गरेको बेलझुण्डी आइसोलेसन अस्पतालबाट ७ जना देउखुरी स्थित राप्ती आइसोलेसन सेन्टरबाट १६ जना कोरोना संक्रमित डिस्चार्ज हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन चन्दले जानकारी दिनुभयो । संक्रमित ६६७ जना मध्ये दुई जनाको मात्र मृत्यु भएको छ । ६४४ जना डिस्चार्ज भएका छन् ।
दाङमा पछिल्लो समय क्वारेन्टाइन खाली हुँदै जान थालेको छ । 

प्रतिकृया दिनुहोस