काङ्ग्रेसले गर्यो सम्मान

नेपाली काङग्रेस क्षेत्र नम्बर ३ (क) कोे आयोजनामा आज आईतवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी नेपाली काङग्रेसका ५५ जना कार्यकर्ताहरुलाई सम्मान गरेकोे छ । 
नेपाली कङग्रेस पार्टिमा लागेर आफ्नो जिवन आभुति गरेका पुराना त्यागी र काङग्रेस पार्टिको संगठन निर्माणको लागि काम गरेको नेता कार्यकर्ताहरुलाई सम्मान गरेको हो । 
सम्मानित हुनेमा ६० वर्ष देखि ९० वर्ष उमेर समुहका रहेका छन् । सम्मानित हुनेमा यम प्रसाद पाण्डे,निमकान्त ढकाल,ऋषिराज रेग्मी,बासुदेव शर्मा ,बासुदेव गिरी , नोखि रावत, जोख बहादुर बाठा , रामशरण चौधरी नारायण नेपाली, हरीदत्त कार्की ,कासी राम दमाई, राम बहादुर चौधरी ,प्रताप डाँगि, मान बहादुर चौधरी लगाएतको गरी ५५ जना कार्यकर्ताहरुलाई नेपालि काङग्रेसले सम्मान गरेको हो ।
नेपाली काङग्रेस निर्वाचन क्षेत्र नम्बर ३(क) का सभापति घनश्याम ढकालको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्बसिचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यता एवम् नेपाली काााङ्ग्रेस दाङका सभापति कृति बहादुर खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेता बुुुद्धिराम भण्डारी, नेपाली काङग्रेस दाङका नेता केशव आचार्य , नेपाली काङग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति जगत खड्का , महासमिति सदस्य देविका नेपाली , जोगेन्द्र विश्वकर्मा , नेविसंघ का पूर्व अध्यक्ष युवराज खड्का , तरुण दलको जिल्ला उपाध्यक्ष मुक्ति न्योपाने ,जनजाति महासंघका गणेश चौधरी लगाएतकाले बोल्नु भएको थियो । 
नेपालि काङग्रेस क्षेत्र नम्बर ३ का उपसभापति प्रमोद बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको  कार्यक्रमको सहजिकरण नेपालि काङग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिव चुर्ण बहादुर चौधरीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस