तुलसीपुरका प्रमुख प्रशासकिय अधिकृत घुस सहित पक्राउ परेको पुष्टि

तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको छ ।
बा२झ ४०९९ नम्बरको सकारी गाडीमा सवार उपाध्यायलाई बैंकमा ४ लाख २९ हजार, ८ लाख ९५ हजार ४६ रुपैयाँ जम्मा गरेको भौचर तथा एक लाख २४ हजार ८ सय ५० रुपैयाँ १४ लाख ४८ हजार ८ सय ५० रुपैया  सहित पक्राउ गरको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
शुक्रबार बेलुकी काठमाण्डौको चन्दागिरी गरपालिका–२ नाकढुङ्गाबाट पक्राउ गरिएको हो । घुस प्रकरणमा अन्यको पनि सम्लग्न रहेको हुन सक्ने आशंका गरीएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियरले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस