२ बर्ष पछि ८ जना प्रहरीलाई सफाइ

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो। करिब दुई वर्ष लामो अदालती प्रकृयापछि ८ जना प्रहरीहरुले सफाइ पाएका हुन्। २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा खटिएका ८ जना प्रहरी माथि यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। घटनाको अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। बिहीवार उहाहरुलाई सफाइ दिने फैसला सुनाएको हो। अदालतले सफाइ दिएपछि मुद्दा खेपिरहेका प्रहरीहरुले आफूले न्याय पाएको प्रतिकृया दिएका छन्। केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धानको लागि कञ्चनपुर पुगेका डिएसपी अंगुर जीसीले फेरि न्याय मरेको रहेनछ भन्ने पुष्टि भएको बताउनुुभयो । उहाहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिएकी थिइन् भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा उजुरी दिनुुुभएको थियोे । निलम्बित डीएसपी जीसीमाथि यातना दिएको मुद्दा लागेको थियो। निर्मला हत्या प्रकरणमा प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिलिप सिंह विष्टलाई यातना दिएर घटनाको साविति बयान दिएको आरोप थियो।  प्रहरीले सार्वजनिक गरेका विष्टको डीएनए नमिलेपछि उहा रिहा भएको थियोे । त्यसपछि प्रहरीले डीएनएका आधारमा नै अभियुक्तको खोजी गर्‍यो। तर, पछि डिएनएमा नै त्रुटि भएको निश्कर्ष निस्किएको थियो। 

प्रतिकृया दिनुहोस