भुमि आयोगका अध्यक्ष तुलसीपुरमा

भुमी सम्बन्धि समस्या समाधान आयोगकाे आयाेजनामा   आज तुलसीपुरमा अनौपचारिक छलफल भएको छ । तुलसीपुर लगायत दंगीशरण, बबई र शान्तीनगर गाउँपालिकामा यसै वर्षबाट ऐलानी र अव्यवस्थित बसोबासीलाई वैधानिक प्रक्रियामा ल्याउने क्रमको सुरुवात हुने अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिनुुुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य,शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिह डाङी, दङीशरणका अध्यक्ष भागिराम चौधरी, बबईका अध्यक्ष भुबनेश्वर पौडेल, आयोगका केन्द्रिय सदस्य शोभाराम बस्नेत हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस