कोरोना सक्रमन बढेपछी बाँकेमा निषेधाज्ञा

स्थानीय प्रशासनले बाँकेमा निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको आकास्मिक बैठकले आगामी आइतवारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासन हर्कतमा आउनु परेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो । एकैपटक आज २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासन समुदायस्तरमै कोरोना फैलिएको निष्कर्षसहित निषेधाज्ञा जारी गरेर कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा जुटेको हो ।

प्रतिकृया दिनुहोस