होटल सञ्चालनमा आए सेवाग्राहीको भने कमि

झण्डै ४ महिनादेखि पूर्ण रुपमा बन्द गरिएका होटलहरु आज बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोना कहरका कारण चैत ११ गतेदेखि बन्द गरीएका होटल दाङमा पनि आज साउन १५ गतेदेखि सञ्चालन आउन लागेका हुन । तर कोरोनाका कहर तथा लामो समय पछिको शुरुका दिनले हुन सक्छ,होटल भने सुनासन देखिएका छन् ।
होटल खोल्न सरकारले तोकेको समय नजिक आउदै गर्दा होटल ब्यबसायिहरुले सरसफाई र आन्तरिक ब्यबस्थापनको तयारीमा केही दिनदेखि जुटेका थिए । आज बिहिबार पहिलो दिन सेवाग्राहीको पर्खाइमा रहेका बिगबेली होटल तुलसीपुरका सञ्चालन दिनेश रिजालले बताउनुभयो ।
तर कोरोना भाईरस संक्रमणको त्रास भने अझै कायमै रहेकोे होटल ब्यबसायमा कार्यरत कर्मचारीहरुले बताउँछन् । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सुरक्षामापदण्डलाई कार्यान्यन गर्न सके काममा खटिन सजिलो हुने होटल वेष्ट्रन प्यालेसमा कार्यरत सिसम कार्कीको भनाई छ ।
तुलसीपुरमै रहेको अर्को होटल मानसरोवर पनि आंसिक रुपमा असारको अन्तिम साताबाट खुल्यो । त्यहाँ भने सेवाग्रहीहरु ठिकै संख्यामा आउने गरेको कार्यरत कर्मचारी रतन चौधरी बताउनुहुन्छ ।
होटलमा खाना खान नपाउदा कयौले दुख पाएका छन् । कामका लागि दाङ आईपुगेका नारायणगढका कृष्णप्रसाद बन्जाडेले बाटोमा कतैपनि खान नपाएको गुनासो गर्नुभयो । स्वास्थ्य सुरक्षा सामाग्रीको ब्यबस्था गरी नागरिकलाई खाना खुवाउने ब्यबस्था मिलाउनु पर्नेमा त्यसो नभएको उहाँले बताउनुभयो । 
कोरोनाले होटल क्षेत्रलाई प्रभावित पारिरहदा अहिले सरकारले खोल्ने निर्देशन दिए पनि सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालनमा नआउदा सम्म होटल खोल्नुको अर्थ नहुने एकान्त होटलका सञ्चालक तथा तुलसीपुर होटल व्यवसायी संघका अध्यक्ष टेकराम खड्काको भनाई छ ।
तारे होटेल नभएपनि क वर्गका होटल तुलसीपुर र घोराहीमा एक दर्जन रहेका छन् । त्यस्तै अन्य साना तथा पर्यटकमैत्री डिलक्स होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले समेत सञ्चालनको तयारी गरिरहेका छन् ।
दाङमा क श्रेणीका १५ सय छन भने तुलसीपुर क्षेत्रमा मात्रै साना ठुला गरी कम्तिमा ३ सय होटल होटल ब्यबसायी संघ तुलसीपुरमा दर्ता छन् ।
क श्रेणीका कम्तिमा ५ वटा होटल रहेका होटल ब्यबसायी संघको दावी छ । बाकीँ होटलहरु भने ख, ग र घ श्रेणीका छन् । जिल्लामा हाल सम्म  करिब ४ हजार होटल रहेका संघले जनाएको छ । 
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले निर्धारण गरेको स्वास्थ्य सुरक्षासम्बन्धी जुन प्रोटोकल छ, त्यसै प्रोटोकललाई आधार बनाएर नेपाल सरकारले कोभिड सुरक्षा प्रोटोकल बनाएको छ । 
सरकारले गत श्रावण ५ गते लकडाउन सम्बन्धि निर्णय गर्दै श्रावण १५ गते देखि सबै खाले होटल, पर्यटन तथा ट्रेकिङ व्यवसायहरु खोल्न दिने निर्णय गरेको थियो ।
साथै भाद्र १ गते देखि लामो दुरीका सबै खाले सार्वजनिक यातायातका साधन र आन्तरिक र बाह्य सबै व्यवसायीक हवाई उडानसमेत खुल्ला गर्ने सरकारले यस अघि निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस