दाङका २० जना समेत ४७९ जना काग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा

नेपाली काँग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा दाङका २० समेत गरि विभिन्न जिल्लाका ४७९ पार्टीका पुराना नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ ।
दाङका पुराना काग्रेस नेता रामकुमार अनाडी,नेमकान्त दाहाल,यम प्रसाद पाण्डेय, आत्माराम भट्टराई, सोमनाथ शर्मा,शिवकुमार शर्मा,रेशम बहादुर खड्का, उषादेबि रेग्मी, बिश्वस्वर रेग्मी,द्रोण भुसाल, देबिबहादुर डि.सी.,जोगेन्द्र बिश्वकर्मा,जोगराज चौधरी, खड्ग बिक, पदम प्रसाद घिमिरे,बिष्णु योगी, देबनारायण चौधरी, हरिराम गिरी,पतिलाल चौधरी दामोदर न्यौपाने मनोनयनमा पर्नुभएको हो ।
त्यस्तै,कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मी नेपाली काँग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन हुनुभएको छ ।
सभापति शेरबहादुर देउवाले बुधबार उहाहरूलाई मनोनयन गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ ।
सो प्रावधानअनुसार काँग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ ।
यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमा व्यवस्था छ ।
यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्नेछ ।
 

प्रतिकृया दिनुहोस