ताजा खबर :

समाचार

    डिएपी नहुदा बर्षे खेतिका लागि किसानहरु चिन्तीत

    दाङ,२८ जेठ
    धानखेतिका लागि डिएपी मलको दाङमा अभाव देखिएको छ । बर्षेखेतीको समयमा डिएपी मलको अभाब हुदा किसानहरु चिन्तित भएका हुन । सरकारले अनुदानमा प्रदान गर्दै आएको मल अहिले जिल्लामा अभावमा देखिएको कृषि सामग्री केन्द्रले जनाएको छ ।कृषि सामाग्री केन्द्र  तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जिल्लामा डिएपी रासायनिक मलको चरम अभाव रहेको जानकारी दिनुभयो ।डिएपी मल छैन,उहाले भन्नुभयो, भएकोलाई पनि बोरामा विभाजन गरेर थोरै मात्र किसानहरुलाई दिएका छौ । जिल्लामा ४ हजार मेट्रिक टन डिएपी मलको आबश्यकता रहेको छ, उहाले बताउनुभयो । तर अहिले सम्म १५ सय मेट्रिक टन मात्रै किसान सम्म पुगेको छ ।  न्यौपानेले किसानहरु दैनिक ठूलो संख्यामा डिएपी मलको खोजीमा आए पनि दिन नसकेर रित्तै हात फर्काउनु बताउनुभएको छ ।केन्द्रबाट नै डिएपीमलको आबश्यकता अनुसार उपलब्ध गराउन नसक्दा र मलको जिम्मा लिएको अर्काे निकाय साल्ट ट्रेडिङले पनि जिम्मेवारी पूर्वक काम नगर्दा अभाब खट्कीएको बताउनुभयो । न्यौपानेले सामग्री केन्द्रले ७० प्रतिसत र टे«डिङले ३० प्रतिसत मल दाङमा आपुर्ति गर्दै आएको छ ।न्यौपानेले विगतका वर्षहरुमा भन्दा यस बर्ष अहिले सम्म रासायनिक मलको विक्री भने बढेको बताएका छन ।बिक्रिमा घटबढ भइरहने गरेको भन्दै यो वर्षको अहिले सम्म विगतको भन्दा बढि मल विक्री भएको बताए । जिल्लामा डिएपी र युरिया ४ हजार मेट्रिक टन र पोटास एक सय मेट्रिक टन मल बर्सेनी खपत भइरहेको   छ । धान र मकै रोप्ने सिजन सुरु हुदा पनि अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानहरुले मंहगोमा ब्यवसायीहरुबाट आबश्यक मल खरीद गर्नु परेको बताएका छन । 
    किसानहरुले आबश्यम डिएपी मल नपाउँदा धानको ब्याड राख्ने, रोप्ने, मकै रोप्न समस्या भइरहेको किसानहरुले गुनासो गरेका छन् ।गाउँमा सहकारी सञ्चालन गरेको र त्यो सहकारीले कृषि सामग्रीबाट मल लिएर वितरण गरिरहेको भए पनि यो वर्ष डिएपी मल माग अनुसार दिनै नसकेको तुलसीपुर ११ उरहीका किसान केदार आचार्यले बताउनुभयो ।किसानहरु दैनिक जसो कृषि सामग्री केन्द्रमा धाइ रहेको भए पनि डिएपी मल नपाएको गुनासो छ ।
    मानपुरका किसान शिवानन्द डिसीले किसानलाई अनुदानको डिएपी मल पाउनै गाह्रो भएको बताउनुभयो । गाउँमा जिम्मा लिएको सहकारीमा समेत किसानहरु दैनिक जसो मलका लागि धाउनु परेको उहा बताउनुहुन्छ ।

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal