दाङमा २ एम्बुलेन्स बगे

दाङमा  खोलाले बगाएका २ वटा एम्बुलेन्सका ११ जनालाई सकुसल उद्घार गरिएको छ । आज बुधबार बिहान नारायणपुरबाट तुलसीपुर आउदै गरेको रा १ च ८९२ नम्बरको एम्बुलेन्स हापुर खोलाले बगाएको हो । २० मिटर तल सम्म बगाएको एम्बुलेन्समा चालक घोराही ५ धर्नाका ४५ बर्षिय अमर कुवर, घोराही १५ कपासिका २८ बर्षिय बिष्णु सार्की, उहाँकि श्रीमती २५ बर्षिय शान्ति नेपाली र ४ बर्षिय छोरा बिशेष नेपाली र सोही ठाउँ कै २६ बर्षिय शरद नेपालीलाई प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारको नेतृत्वको टोलीले सकुशल उद्दार गरेको दाङ्का प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनु भयो । त्यस्तै, आज बिहान ५ बजे तिर कपिलवस्तु बाट तुलसीपुर आउदै गरेको रा १ च ८११ नम्बरको एम्बुलेन्स घोराही - ४ को सिस्नेखोलाले बगाएको छ । झण्डै १५ मीटर तलसम्म बगाएको एम्बुलेन्सका चालक देउखुरी गढ्वा ७ का २८ बर्षिय प्रसुन प्रसाद चौधरी, त्यसमा सवार अर्घाखाँची पाडेनी ७ का ३० बर्षिय दिल बहादुर बुढाथोकी, सोही ठाउँका ४ बर्षिय तारा गाहा र ३५ बर्षिय मन्जु गाहा, तुलसीपुर -१६ का ४० बर्षिय सीता चौधरी र सोही ठाउँकि झपिकला चौधरीला सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङमा अधिकाश खोलामा लामोसमय पछि पुल बनेका छ्न भने अझै केहिमा बन्न नसक्दा बर्षामा खोलाले मानिस तथा सवारीका साधनलाई खोलाले बगाउने गरेको छ ।

प्रतिकृया दिनुहोस