दाङका बगरलाई वन बनाईदै

दाङमा बगर वन अभियान शुरु गरीएको छ । डिभिजन वन कार्यालय दाङले यस बर्षदेखि विभिन्न स्थानमा रहेको बगरलाई वन बनाउने अभियान थालेको हो ।  बगर वन बनाउन यस बर्ष २ लाख विरुवाहरु रोपिने छ ।
अभियानको पहिलो कार्यक्रम अन्तर्गत नदिले काटेर बगेरमा परिणत भएको १६० हेक्टरमा विभिन्न जातका विरुवाहरु रोपीएको छ ।
डिभिजन बन कार्यालय दाङका प्रमुख प्रमुख दिपक ज्ञवालीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ बखरियामा करिब १५ विगाह  बगरमा बृक्षारोपण गरीएको छ ।
बगरलाई वन बनाउनदाँ हरियाली हुने र नदिको कटान पनि रोकिने उहाँले बताउनुभयो । 
झरना सामुदायिक वन उपभोक्ता समितिले उक्त ठाउँमा पहिला सिसौँका विरुवा लगाएको भएता पनि २०७१ र २०७४ सालमा बबई नदिमा आएको बाढिले बगरमा परिणत भएको थियो । त्यसपछि गौ चरणमा परिणत भएको थियो ।
अव भने बृक्षारोपनले हुदा खुशीलागेको वन समितिका अध्यक्ष डिल्ली बहादुर रावतले बताउनुभयो । 
स्थानिय हरिहर पौडलेले भन्नुभयो,बगरलाई वन बनाउन पाउँदा यहाका बासीन्दा खुशी भएका छौ । 
बगरमा वन भए नदि कटान रोक्न र प्राकृतिक हराभरा हुने भन्दै वन संरक्षण गर्न सके करिब ५ सय घरपरिवारलाई फाइदा हुने  अपेक्षा गरीएको छ ।
 

प्रतिकृया दिनुहोस