जिल्ला प्रशासन कार्यालय दाङ उत्कृष्ठ

देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मध्ये दाङ सर्वोत्कृष्ठ बन्न सफल भएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै जिल्ला प्रशासन कार्यालय दाङ उत्कृष्ठ भएको आईतबार सार्वजनिक गर्नुभएको छ ।
गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७६/७७ को कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, दाङ अति उत्कृष्ट (ए प्लस ग्रेड)मा पर्न सफल भएको हो । 
जिल्ला प्रशासन कार्यालय दाङको  कार्यसम्पादन उत्कृष्ट बनाउन सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय दाङका सम्पुर्ण कर्मचारीहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू लगायत अन्य कार्यालयका प्रमुख एवं कर्मचारीहरू र सबै सरोकारवालाहरूको सहयोग र सकरात्मक भुुमिकाको लागि प्रमुख जिल्ला अधिकारी रिजालले आभार व्यक्त गर्नुभएको छ । साथै,उहाले सम्पूर्ण दाङबासीलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ  । 

प्रतिकृया दिनुहोस