केपी ओली सरकार पूर्णरुपमा असफल– पूर्बमन्त्री गिरी

पुर्बमन्त्री एबम नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले केपी शर्मा ओली नेतृत्वको दुईतिहाई बहुमतको नेकपा सरकार पूर्णतया असफल सिद्ध भइसकेको बताउनुभएको छ । 
आज आईतबार घोराही उपमहानगरपालिका ७ सौडियारका स्वर्गीय यम बहादुर चौधरीको श्रद्धाञ्जली कार्यक्रममा पूर्ब सिचाई मन्त्री गिरीले कम्यूनिष्टहरु जनतालाई झुक्काउने,राष्ट्रियताको खोक्रो नारा लगाउने बाहेक अरु गर्न नसक्ने आरोप लगाउनुभयो ।
दुई तिहाई बहुमत पुग्ने सम्मको मतदान गर्ने जनता नै नेकपाको सरकारले गरेका कामले निरास भएको उहाले बताउनुभयो । 
उहाले सरकार भ्रष्टचार काण्ड, जग्गा काण्ड, वाइडबडी काण्ड, ओम्नी काण्ड, स्वास्थ्य उपकरण खरिद काण्ड जस्ता काण्डै काण्डमा फसेको जिकिर गर्नुभयो । तर नेपाली काग्रेस पार्टीको क्रियाशीलता,राष्ट्रियता प्रतिको स्पष्ट नीति,सुशासन र बिकास प्रति समर्पणका कारण चारतारे झण्डामुनी बस्न युवाहरुको ईच्छा बढदै गएको आफूले पाएको बताउनुभयो ।
बर्तमान सरकारले कोरोना भाइरस महामारीबाट जनतालाई जोगाउन रचनात्मक कुनैपनि कार्यक्रम गर्न नसकेको उहाले आरोप समेत लगाउनुभयो । 
५५ बर्षको उमेरमा निधन भएका चौधरीको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभामा गिरि सौडियार पुग्नु भएको हो ।
नेता गिरीले दाङ बसाईका क्रममा बिभिन्न कार्यक्रममा सरीक हुनुहुने उहाँको सचिवालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस