अत्यन्त बिकट महतेनीमा बिकासले गति लिर्दै

दाङको अतिबिकट भारतीय सिमा क्षेत्रको राजपुर गाउपालिकाको महतेनी खोला बस्तीमा बिकासले बिस्तारै गतिलिन शुरु गरेको छ ।
उक्त गाँउपालिकाको वडा नम्वर ६ को विकट बस्ती महतेनिया खोलामा विद्युत,सडक,स्वास्थ्य सेवा,शिक्षा,मोवाईल सेवा लगायतको बिकास तथा बिस्तार हुनै सकेको थिएन । तर गत आर्थिक बर्षदेखि सडक सुधार र बिद्युत बिस्तारको कामले भने गति लिएको छ । 
संबाद समूह प्रदेश नम्वर ५ सचिवालय दाङले अतिबिकट तथा बिपन्न समुदायको बस्तीमा उनीहरुको माग अनुसार बिकास गर्न संघिय,प्रदेश र स्थानीय तहसँग पटक पटक सम्बाद गरेको थियो । झण्डै ३ किलो मिटर सडक बिस्तार र सुधारका लागि १५ लाख बजेट गाँउपालिकाले बिनियोजना गरेको थियो । उक्त बजेटबाट ग्याब्रेल गरीएको छ । सडक नहुदा त्यहाका बासीन्दाहरु मोटर चढ्न चडगुवा आउने बाध्य छन् । अव भने नीजि सवारीका साधन उक्त बस्ती सम्म सजिलै पुग्न सक्ने भएका छन् भने सार्वजनिक सवारीका साधनको नियमीत सञ्चालनको प्रयास भने भईरहेको स्थानीयले बताएका छन् । उक्त स्थानमा कक्षा ३ सम्म मात्र सामुदायिक बिद्यालय सञ्चालन छ । तर दरबन्दी बिनाको उक्त स्कुलमा राहत र नीजि श्रोतबाट कक्षा सञ्चालन भएको लामो समय भईसको छ । अव भने शिक्षक दरबन्दीको ब्यबस्था मिलाउने तयारीमा गाँउपालिकाले प्रयास गरीरहेको छ । उपचारका लागि सडक र बिद्युत नभएको त्यहाँका बासीन्दाहरु झण्डै ६ किलो मिटर पैदल आई सामान्य रोगको उपचार गर्ने गरेका छन् भने अलि गम्भीर उपचारका लागि सीमा पार भारतका बजार या लमही आउन बाध्यता छ । संबादको लामो प्रयास पछि बिभिन्न प्रकारका खोप,भिटामीन,जुकाको औषधि,गर्भवती महिलाहरु लगायतलाई प्रारम्भीक स्वास्थ्य सल्लाह र सुझाबका लागि १ जना महिला स्वास्थ्य स्वयम सेवीका ब्यबस्था गत बर्षदेखि गरीएको छ । मोवाईल सेवाका लागि भने आसपासका डाँडामा बसी टावर खोज्दै फोन गर्ने बाध्यता भने अझै हटेको छैन् । तर नेपाल टेलिकमले प्रयास गरीरहेको बताएको छ ।
त्यसको फलस्वरुप चड़्गुवा चौकदेखी पथरैया गाउ, नयाँबस्ती, खेलमैदान हतिहवा, थारु गाँउ, सिमलखुटी दलित तथा मगर गाँउहुदै महतेनि खोलाको माँझ गाउसम्म करिब ६ किलोमिटर बिद्युत बिस्तारको काम शुरु भएको छ ।
नेपाल विधुत प्राधिकरण डिभिजन कार्यलय लमहीले बिद्युत विस्तार योजना पास गरेको छ । बिद्युत बिस्तारको जिम्मा रोल्पा निर्माण सेवा प्रा. लि. ले प्राप्त गरेको छ । बिद्यतु बिस्तारका लागि नेपाल बिद्युत प्राधिकरण र गाउँपालिकाको साझेदारीमा ७५ लाख बजेट बिनियोजन गरीएको छ ।
विगत लामो समय देखि थोरै थोरै बजेट हालेर पोल र तार विस्तार कार्य माँझगाउसम्म गरिएको थियो । तर गत आर्थिक वर्ष अंसार देखि लमही डिभिजन कार्यालेले बिद्युत विस्तार कार्य अगाडी बढाएको हो । 
सो कार्य का लागि ८ मिटर उचाई भएका स्टिल ट्युबलर पोल ७५ थान र नौ मिटर उचाई भएका स्टिल टयुबलर पोल ५ थान गरी जम्मा ८० पोल उक्त गाउमा पुर्याएको छ । 
साथै ५० केभिएको ट्रान्सफर्मर र तार तथा फिटिड़्गका समान पनि छिटै खसालिने निर्माण व्यावसाय हुर्मत गिरीले जानकारी गराउनुभएको छ ।
श्रावनको वर्षात कम हुने वित्तिक्कै माझ गाउ देखि पुर्वगाँउ, झुप्पाखाडा टोलतर्फ,रौतडाँडा पुर्व उत्तरटोल र माँझ गाँउदेखि पश्चिम तर्फको जनज्योति प्रावि टोल,पण्डितबासी टोल, स्यालेटोल,चमारे टोल र सोमाईथान टोलका करिब ८२ घरधुरी रहेको अधिकांश मगर,थारु,दलित, गिरी र केही मात्र क्षेत्री समुदायका बासिन्दा लाभान्वित हुने छन ।
थ्रि फेस क्षमताको विद्युत विस्तार भएपछि त्यहा एउटा कुटानी पिसानी मिल स्थापना हुने र पिठ्युमा खाद्यन्नको भारी बोकेर महातिनियाखोला गाँउदेखि करिब ६ किमि उकालो र ओरालो चढ़ी पैदल उत्तरको चगुवा जग्रहवा मिल पुग्न बाध्य आमाहरुले राहतको साँस फेर्ने अपेक्षा गरीएको छ ।
 

प्रतिकृया दिनुहोस