झण्डै ७ के.जी. लागुऔषध सहित ४ जना देउखुरीबाट पक्राउ

६ के.जी.९ सय ६७ ग्राम लागु औषध अफिम सहित दाङमा ४ जना ब्यक्ति पक्राउ परेका छन् । साउन ८ गते साँढे ५ बजेतिर राप्ती गाँउपालिका वडा नम्वर १ भालुवाङ रातोडाँडा स्थीत एक होटलबाट उक्त परिमाणको अफिम र ती ब्यक्ति पक्राउ परेका हुन । 
आज शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । 
प्रहरीका अनुसार उक्त स्थानमा घर भाडा लिई नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्वर ८ घर भएका ३१ बर्षिय मनोज पुडासैनीले सञ्चालन गरेको दक्षिणकाली सोल्टी होटोलमा लागुऔषधको कारोबार भईरहेको सुचना प्राप्त भएको दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।
प्रहरीले छापा मार्दा रोल्पा सुनछहरी गाँउपालिका वडा नम्वर २ का २२ बर्षिय लालसिंह बि.क.,सोही ठाँउका ३२ बर्षिय हर्कबहादुर घर्तीमगर,३२ बर्षिय लालमन घर्ती मगर र सोही गाँउपालिकाको वडा नम्वर ५ का ३५ बर्षिय दुजबहादुर रोका पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुका साथबाट लागु औषध अफिम कालो प्लाष्टिकको ७ वटा पोकाहरु तत्काल डिजिटल मेसिनमा राखी तौल गर्दा ६ के.जी. ९ सय ६७ ग्राम बरामद भएको हो । 
त्यस्तै,उनीहरुले प्रयोग गरेको लु ४० प ९८०६ नम्वरको पल्सर मोटरसाईकल र लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जिप,५ थान बिभिन्न कम्पनिका मोवाईल सेट प्रहरीले बरामद गरेको छ । उनीहरुलाई आबश्यक अनुसन्धानका लागि दाङ देउखुरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरीएको जिल्ल प्रहरी कार्यालय दाङले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस