लागु औषधका ३२ मुद्धा

गत आर्थिक बर्षको मसान्तसम्म दाङमा लागु औषधका ३२ वटा मुद्दा दर्ता भएका छन् । 
आर्थिक वर्ष २०७६/७७ को अषाढ मसान्त सम्म दाङमा १ सय ८ ग्राम २ सय ८ मिलीग्राम ब्राउन सुगर सहित २७ जना पुरुष र ५ जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
यस्तै ११ के.जी. १६ ग्राम चरेश सहित ८ जना पुरुष , ८ के.जी. ५ सय ५० ग्राम अफिम सहित १ पुरुष र १ महिला,१ जना पुरुषका साथबाट २ के.जी. ५ सय ८० ग्राम गाँजा बरामद गरीएको छ । 
त्यस्तै,२ जना पुरुष सहित मनोदिपक पदार्थ नाईट्राभेट २६ ट्याबलेट, ट्रामाडोल १०० ट्याबलेट बरामद गरेको प्रहरीले जनाएको छ ।
लागु औषधका घटनामा संलग्न र लागु औषध प्रयोग हुनुको कारण समेत प्रहरीले बिश्लेषण गरेको छ ।
साथीहरुको दबाब तथा लहलहैमा पर्नु,पारिवारीक समस्या,अध्ययनमा समस्या,ईन्टरनेटको दुरुपयोग,स्वतन्त्र जीवनयापन गर्न चाहने स्वभाव,प्रेममा धोका,सामाजिक पारिवारीक बहिस्कार,आनन्द प्राप्ती, सम्पन्न तथा गरीबीको कारण रहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस