महिलाको तीजको गितले सर्पदंश उपचार केन्द्र स्थापना

दाङमा सर्पदंश कारण कयौंको ज्यान जाने गरेको छ । तर सर्पदंशका लागि उपचारका लागि अस्पताल नहुदा जिल्ला बाहिर लैजाने बाध्यता दाङमा थियो । 
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राप्ती प्रादेशीक अस्पताल २ वटा ठुला सरकारी अस्पताल छन् तर त्यहा सर्पदंशको उपचार हुदैन् । गढवा गाँउपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । यसअघि सर्पदंशका बिरामीहरुलाई झारफुक प्रति बिश्वास गर्नेले बैद्यसँग उपचार गराउने वा अस्पातलमा उपचार गराउनेले जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । 
जिल्लामा यकिन तथ्यांक नभएपनि गढवा गाउँपालिकामा मात्र ५२ जनालाई सर्पदंश भएको थियो । ती सबैलाई गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत कपिलबस्तुको गोरुसिंगे उपचारको लागी पठाईएको थियो । 
गत बर्ष  गढवाका एक ब्यापारी राजकुमार यादवलाई सर्पदंशले मृत्यु भएको थियो । 
त्यस लगतै राजपुरमा एकै घरका २ दिदि बहिनिको पनि सर्प दंशले ज्यान गुमाउनु परेको थियो । सर्पदंशको त्रास बढदै जादा हरितालिका तीजमा महिलाहरुले गीतबाटै सर्पदंश उपचार केन्द्र बनाउन स्थानीय सरकारसँग माग गरेका थिए ।
गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन । गढवा गाउँपालिकाले तीज गीत महोत्सवको आयोजना गरेको थियो । 
कार्यक्रममा महिलाहरुले तीज गीत कै रचनाको माध्यमबाट सर्पदंश उपचार केन्द्रको जोडदार माग गरेको गढवा गाँउपालीका वडा नं ५ की स्थानिय गायिका कमला भट्टले बताउनुभयो । 
महिलाहरुले तीज गित प्रतियोगीतमा उपचार केन्द्रको माग गर्नु र नेपाल रेडक्रस उपशाखा गढवाले सर्पदंशको बिगबिगी र यसको न्यूनिकरणका लागि सचेतना सम्बन्धी सडक नाटक पनि प्रस्तुत गरेको र यो नाटकले पनि सर्पदंश अस्पताल खोल्न धेरै सहयोग गरेको रेडक्रसक फिल्ड अधिकृत देबि प्याकुरेलको दावी छ ।
महिलाहरुको बिशेष आग्रह र संघ संस्थाहरुले समेत सर्पदंश उपचार केन्द्रलाई प्राथमिकतामा राखि माग गरेकाले स्थापना गरेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको बताउनुभयो ।
अध्यक्ष यादवका  अनुसार २०७६ मंसिरमा प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला बिपद् ब्यवस्थापन समितिले पनि गढवामा सर्पदंश उपचार केन्द्र निर्माणको एजेण्डा पास गरी केन्द्रमा पठाएको थियो ।
सोही अनुरुप गढवा गाउँपालिकाको हिउँदे अधिवेशनबाट सर्पदंश उपचार केन्द्र स्थापनार्थ एक करोड रकम बिनियोजन गरेर सोहि लागतमा उक्त सपंदंश उपचार केन्द्र स्थापना गरीएको गाँउपालीका अध्यक्ष यादवले बताउनुभयो
गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले नेपाली सेनासँंगका चिकित्सकहरुले उपचारमा प्राबिधिक सहयोग गर्ने भएको छ ।
उपचार केन्द्र संञ्चालनको अन्तिम तयारीमा रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिनुभयो । आपतकालिन उपचार सेवाका हेलिप्याड समेत निर्माण भईरहेको छ ।
अब एण्टिस्नेक भेनमका लागि जिल्ला जनस्वास्थ्य कार्यालय दाङसंग समन्वय भैरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।
गढवामा सर्पदंश अस्पताल निर्माण भई सेवा शुरु हुने भएपछि सर्पदंशका कारण ज्यान गुमाउनेको संख्या घट्ने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यको भनाई छ ।
सर्पदंश अस्पताल निर्माण भई सेवा दिने अन्तीम तयारी भईरहदा नागरिकहरु सबै भन्दा बढी खुशी भएका छन् । बिशालु सर्पले डसेको केही समयमा मानिसको ज्यान पनि जाने घतरा हुने भएकाले जिल्लामै सर्पदंश उपचार केन्द्र सञ्चालन हुने भएकाले नागरिकहरु हर्षित भएका गढवा गाउपालीकाका ५का रेमन्त सोनाम र गीता पन्थीले बताउनुभयो ।
तर अस्पतालको प्रभाबकारी सेवा र आधुनिक प्रबिधिका बारेमा भने नागरिकहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । अस्पताल स्थापना गरिएको भएपनि यसलाई प्रभाबकारि रुपमा सञ्चालनका गर्नको लागि दिर्घकालिन योजना बनाउनु पर्ने नागरिकहरुको भनाई छ ।
 

प्रतिकृया दिनुहोस