तुलसीपुर उपमहानगरपालिकामा बैंकको काउण्टर

तुलसीपुर उपमहानगरपालिकामा आज आईतबारदेखि बंैकको काउण्टर सञ्चालन गरिएको छ । 
उपमहानगपालिकामा नगद विहिन अर्थात क्यासलेस वनाईएको हो । 
उपमहानगरपालिकाका तिर्नुपर्ने पैसा सेवाग्राहीहरुले अनिवार्यरुपमा बैकमा जम्मा गर्नुपर्नेछ । 
आर्थिक सुशासनका साथै वैकिङ्ग प्रणालीप्रति अभ्यस्त वनाउनका लागि उपमहानगरपालिकामा बैकको काउन्टर स्थापित गरिएको हो । 
काउन्टर राख्न इच्छुक बैकबाट आवेदन लिएर मेगा बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तिय अधिकृत ललितवहादुर घर्तीले जानकारी दिनुभयो ।
गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र वैकसँगको प्रक्रियामा भएको ढिलाईका कारण यो वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको वैकको म्यानेजर राजन भण्डारीले जानकारी दिनुभयो । 
यसैविच उपमहानगरपालिकामा काउन्टरको उद्घाटन नगरप्रमुख घनश्याम पाण्डेले गर्नुभएको छ ।
नगरप्रमुख पाण्डले अनौपचारिक कारोबारलाई रोक्नका लागि वैकिङ्ग प्रणालीको ठूलो महत्व हुने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले वैकिङ्ग प्रणालीले  आर्थिक पारदर्शिता ल्याउने वताउनुभयो ।
धेरै मानिस बैकको पहुँचबाट टाढा रहेको बताएका तुलसीपुर वैकर्सका अध्यक्ष सरोज लामिछानेले  यसले उनीहरुलाई बैकिङ्ग प्रणालीसँग जोडेर लैजाने बताउनुभयो । 
बैक म्यानेजर राजन भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  

प्रतिकृया दिनुहोस