‘क्याप्टेन’ : पोस्टर हो कि ब्रान्डको विज्ञापन ?

फिल्ममा लगानी गर्नु भनेको 'बालुवामा पानी हाले सरह हो' भनिए पनि दिनहुँ नयाँ निर्माताको प्रवेश रोकिएको छैन  दिनप्रति दिन फिल्ममा लगानी बढ्दो छ  कलाकार महँगिएका छन्, निर्देशकको पारिश्रमिक छोइसक्नु छैन  प्राविधिकदेखि उपकरणहरु त्यस्तै महँगा भएका छन्  अहिले एउटा फिल्म निर्माण गर्न एक करोड समान्य भइसकेको छ  स्टार कलाकार लिँदा २ करोड नै छुन्छ । 

हरेक वर्ष निर्माताको करोडौंको लगानी 'बालुवामा पानी हाले सरह' भइरहेको छ  वर्षमा एकाध फिल्मले मात्र मुश्किलले लगानी सुरक्षित गर्छन् नभए अधिकांश निर्माताको खल्तीमा लगानीको आधा प्रतिशत रकम पनि फिर्ता हुँदैन  'छक्का पञ्जा ३' ले १७ करोड कमाएको देखेर फिल्म निर्माण गर्ने निर्माताहरु 'दिन दुई गुणा रात चार गुणा' बढेका छन्  तर, प्रतिफल शुन्य छ । 

अहिले बाठा निर्माताहरु हलको व्यापारमा मात्र ढुक्क भएर बस्ने गर्दैनन्  विभिन्न ब्रान्डसँग सहकार्य गरेर आधाउधी लगानी प्रदर्शन अगावै उठाइसकेका हुन्छन्  हलको व्यापार कहिले चकिलो हुन्छ त कहिले धुम्म  विषेशगरि गिनेचुनेका कलाकार लिँदा निर्मातालाई ठूलै राहत मिल्ने गर्छ  ठूला ब्रान्डहरु फिल्मसँग सहकार्यका लागि लाखौं तिर्न तँछाड-मछाड गर्छन् । 

 

उदाहरणको रुपमा अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ लाई लिन सकिन्छ  फागुन १७ गते रिलिज हुने फिल्मको सोमवार दुई नयाँ पोस्टर सार्वजनिक भयो  गएको दुई महिना अगाडि फस्टलुक पोस्टर रिलिज भएको थियो  अनमोलको टाउको विकाएर फिल्मको पोस्टरमार्फत् निर्माण टिमले ब्रान्डको विज्ञापन गर्न खोजेको बुझ्न गाह्रो छैन  पोस्टरको पुच्छारमा प्रख्यात कम्पनीको ब्रान्डको लोगो लस्करै झुन्डिएका छन् । 

 

‘क्याप्टेन’ को पोस्टर दर्शकलाई फिल्मप्रति आकर्षित गर्न नभइ ब्रान्डको विज्ञापनका लागि तयार पारिएको भान हुन्छ  पोस्टरमा स्थान दिइएको चर्चित ब्रान्डबाटै निर्माता भुवन केसीले लाखौं रुपैयाँ बुझिसकेको स्रोत बताउँछ  अनमोलको फिल्म भनेपछि दर्शकमा अत्याधिक चासो रहने हुँदा ठूला कम्पनीहरु सहकार्य गर्न मरिहत्ते गर्दछन्  अनि, निर्माता लोभिनु स्वभाविकै हो । 

 

फिल्ममा लगानी गर्न निर्माता र सहकार्य गर्न ठूला-ठूला ब्रान्डको कमी नभए पनि उनका फिल्म अपेक्षाअनुसार बन्न नसकेको आरोप पटक-पटक लाग्दै आएको छ  अभिनयमा 'ग्रोथ' नभएको आलोचनाबाट अनमोल पाँचौ फिल्म रिलिज भइसक्दासम्म मुक्त छैनन्  तर, चर्को आलोचना भए पनि स्टारडम उनकै लोभलाग्दो छ  अहिलेका राम्रो फेस भ्यालु र उच्च माग भएका अभिनेता हुन् उनी । 

प्रतिकृया दिनुहोस