रुखको हाँगा भाचिदा मोटरसाइकल चालकको मृत्यु

गुडिरहेको मोटरसाइकल माथी रुखको हाँगा भाँच्चिएर तुलसीपुरको लहलौरामा मोटरसाईक चालकको मृत्यु भएको छ । तुलसीपुर–उपमहानगरपालिका–११ लहलौराका २३ बर्षका तुलसी चौंधरीको  रहेको भएको हो ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिहका अनुसार लहलौराबाट तलसीपुर तर्फ जाँदै गरेको रा२प८८० नम्बरको मोटरसाईक चालक चौधरीको टाउकोमा बिहान पौने ८ बजे एक्कासी रुखको हाँगा भाँच्चिएर लागेको थियो ।गम्भीर घाईते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस