सडक माथि बाट खसेको पहिरो र रुख खस्दा गाडी च्यापिए

दाउन्नेमा पहिरो खसेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर निर पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग मंगलबार विहानदेखि अवरुद्ध भएको छ । 
विश्वकर्मा मन्दिर नजिकै घिउ खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 
पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस