तुलसीपुरमा टिभिएस मोटरसाइकलको नयाँ सोरुम

तुलसीपुरमा  टिभिएस मोटरसाएकलको आधिकारि विक्रि वितरण सुरु भएको छ । आइतवारदेखि तुलसीपुरको घोराही रोडमा टिभिएस मोटरसाइकलको नयाँ सोरुम सुभारम्भ भएसंगै विक्रि सुरु गरिएको हो ।  नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सोरुममा टिभिएसका झण्डै २० प्रकारका मोटर साइकल र स्कुटरहरु रहेका छन् । ग्राहकको रोजाई अनुसार १ लाख १५ हजार देखि ७ लाख ८० हजार सम्मका स्कुटर मोटरसाइकलहरु रहेको एच वि टेडर्सका सञ्चालक भ्युसनकुमार योगीले बताए ।

उनले ग्राहको सन्तुष्टिका लागि टिभिएसले विभिन्न सुविधा सहितका उत्पादनहरु बजारमा ल्याएको बताए । शुभारम्भको अवसरमा मोटरसाइकलमा १२ हजार र स्कुटरमा १० हजार रुपैया नगद छुट गरिएको योगीले बताए । आइतवार शोरुमको शुभारम्भ गरिएको छ । सञ्चालक भ्युसनकुमार योगीको अध्यक्षतामा तथा तुलसीपुर उद्योग वाणिज्य सघका अध्यक्ष विर बहादुर रावतको प्रमुख आतिथ्यतामा शोरुमको शुभारम्भ गरिएको हो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विमल रिजाल, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खराल, काँग्रेस नेता धुर्व पुरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरुले यो कोरोना महामारीको समयमा सुरु भएको व्यवसायले सबैकोृ मन जित्ने बताए । व्यवसायीहरु पलाएन हुने अबस्था आएको बेला टिभिइसले आफ्नो सेवा विस्तार गर्दे तुलसीपुरमा शोरुम सञ्चालन गर्दा अन्य व्यवसायीहरुलाई पनि उर्जा मिलेको बताएका थिए । अर्जुन कुमार योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमममा कम्पनीका तर्फबाट सन्तोष पारिकले मोटरसाइकलको वारेमा जानकारी गराएका थिए । 

प्रतिकृया दिनुहोस