छुट्टा छुट्टै घटनामा दाङमा ३ जनाको मृत्यू

दाङमा खोलाले बगाएर दुई जना र करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतवार दिउसो एक बजेतिर तुलसीपुर उपमहानगरपालिका–१२ कचिला निवासी ६५ बर्षीय कालिचरण चौधरीको खोलाले बगाई मृत्युभएको छ । असार २६ गते साझ करिव ६ बजेतिर गोठुवा भन्ने स्थानबाट आफ्नै खेतमा रोपाई गरी घर फर्कने क्रममा पानीमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।

घर नफर्कपछि खोजतलास गर्दा आइतवार तुलसीपुर उपमहानगरपालिका–११ स्थित बबई नदिको किनारामा चौधरी पानीमा मृत अबस्थामा फेला परेको ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्त प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । घट्नाबारे थप अनुसन्धान भैरहेको समेत उनले जानकारी दिए । त्यसै गरी आइतवार तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा दाजुभाई चोक स्थित अर्जुन खड्काको घरमा सल्यान कपुरकोट गाउँपालिका– ५ रिम घर भई हाल तुलसीपुर उपमहानगरपालिका– ५ मा बस्ने बर्ष २६ बर्षीय कमल खत्रीले को करेन्ट लागेर मृत्यु भएको हो ।

पलम्बर काम गर्ने खत्रीको पानीको मोटर जोड्ने क्रममा करेण्ट लागि घाईते भईते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउने क्रममा मृत्यु भएको प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिए । यसैगरी देउखुरीको गढवा गाउँपालिका–२ महदेवा स्थीत राप्ती नदिको पक्की मुलमुनि प्युठानका एक जना युवाको शव फेला परेको छ । प्यूठान मल्लरानी गाउँपालिका–५ बेलडाडा बस्ने गन बहादुर थापाको छोरा बर्ष २७ को दिपक थापा झिम्रुक खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए । थापालाई शनिवार खोलाले बगाएको थियो ।

प्रतिकृया दिनुहोस