भ्रष्टाचार मुक्त देश बनाउन सहयोग पुराउने चलचित्र हो ‘१०० कडा १०’

‘ मुलुकको विकासको बाधक भ्रष्टचार भएको ठहर गर्दै भ्रष्टाचार मुक्त देश बनाउन सहयोग पुराउने उद्देश्यले सन्देस मुलक चलचित्र ‘सयकडा दश’ निर्माण गरेका हौ ।

चलचित्र ‘१०० कडा १०’ आगामी माघ १८ अर्थात फेबु्रवरी १ देखि रिलिजमा आउँदै छ एसै क्रममा नेपालगन्जमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै  प्रेम गीत २ निर्देशक समेत रहेका चलचित्र १०० कडा १० का निर्देशक राम शरण पाठकले चलचित्र परम्परागत ढर्रा भन्दा अलि पृथक ढंगको रहेको बताएका छन् ।

उनले हिजो नेपालगञ्जमा पत्रकारसंग कुरा गर्दै आफ्नो फिल्म सदाचारी र भ्रष्टाचारी बीचको कथालाई प्रसय दिदै निर्माण गरिएको बताए उनले फिल्म पोखराबाट सुरु गरेर साँघुटार हुँदै काठमाण्डौमा अन्त्य गरिएको बताए समाजमा कमाएको सम्पत्तिको १० प्रतिशत दान दिनु पर्ने वा सयकडा १० व्याज लिने वा जायज नाजायज ढंगले कमाउदा आनन्द आउदा पछि त्यो ऋणको रुपमा तिर्नै पर्ने कुरा देखाउदै भ्रष्टाचारको विरुद्ध कडा सन्देश चलचित्रले प्रवाह गरको दाबी गरेका छन् ।

कुराकानीका क्रममा उन्ले भने चर्चित हाँस्य कलाकार मनोज गजुरेलले सदाचारी र राजाराम पौडेलले भ्रष्टाचारी पात्रको रुपमा प्रस्तुत भएको जानकारी दिदै चलचित्रमा अमृत दुंगाना, रबी डंगोल, रश्मी भट्ट र नेपाली मुलकी बर्मेली नायीका सोनीया राईलाई डेब्यू गराईएको बताए ।


चलचित्रको कथाकार समेत रहेकी रज्जु प्रधानले फरक कथा वस्तुले मनोरञ्जन र सन्देश दुबै दिन खोजेको बताईन उनले मनोरञ्जन लिनमात्र चलचित्र नबनाएर हास्य व्यङ्गको तरिकाबाट पस्तुत गरेको बताईन ।

 

चलचित्रको प्रमोशनमा निस्केको सो टोलीमा निर्माता समेत रहेका मनोज निरौलाले चलचित्रमा १ करोड ६० लाख हालसम्म लगानी लागेको र सबै परिवार बसेर हेर्न मिल्ने पूर्ण पारिवारिक फिल्म भएको दाबी गरे सँगै चलचित्रको प्रचार प्रसारमा कुनै पनि सम्झौत नगर्ने र चलचित्रको बारेमा बोल्नु पर्दा जती धेरै बोल्यो तेतीनै सुन्न र हेर्दा आनन्द आउने बताए ।

प्रतिकृया दिनुहोस