प्रहरीलाई घुस दिन खोज्ने दुईजना प्रकाउ

दाङमा प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुर्गाराम खत्रीलाई छुटाउन एक लाख ५० हजार घुस रकम दिन खोज्ने घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी २७ बर्षिय गोविन्द शाह र प्यूठान स्वर्गद्वारी नगरपालिका ५ घर भएका हाल लमही–५ निवासी ३० बर्षिय समीर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए। 

वडा प्रहरी कार्यालय घोराहीका इन्चार्ज दिनेश रिमाललाई मुद्दा मिलाइदिनु पर्‍याे भन्दै जबरजस्ती घुस रकम दिन खोजेको हुँदा दुबै जनालाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस